पहाड़मा मेडिकल कलेज वा सुपर स्पेशियालिटी अस्पताल आवश्यक

Share this news

पहाड़मा मेडिकल कलेज अथवा सुपर स्पेशियालिटी अस्पताल हुनुपर्ने माग पुरानो हो। पहाड़का मानिसहरूको यो माग यति वर्षसम्म पूरा हुन सकेन। अहिले देशले चिकित्साको क्षेत्रमा धेरै प्रगति गरेको छ। भारतमा चिकित्सा सेवा प्राप्त गर्न विदेशबाट मानिसहरू आइरहेका छन्। पहाड़का मानिसहरू भने विभिन्न विशेषज्ञ डाक्टहरूलाई रोग जचाउन, रोगबारे जाँच गराउन सिलगढीको विभिन्न निजी नर्सिङ होम अथवा डाइग्नोस्टिक केन्द्रहरूमा जानुपर्ने बाध्यता छ। आधुनिक चिकित्सा सेवाबाट वञ्चित रहेको पहाड़का धेरै मानिसहरू ठान्छन् । यहाँको सरकारी अस्पतालहरूले जनसाधरणलाई सक्दो चिकित्सा सुविधा उपलब्ध गराइरहेको भए पनि कुनै गम्भीर समस्या उत्पन्न भए पहाड़बाट रोगीहरूलाई उत्तर
बङ्गाल मेडिकल कलेज औ अस्पताल रेफर गरिन्छ।
उत्तर ब‌ङ्गाल मेडिकल कलेजमा पहाड़का धेरै मानिसहरू जान चाहँदैनन्। यस मेडिकल कलेजले धेरै ठूलो क्षेत्रलाई चिकित्सा सेवा प्रदान गर्ने हुदा त्यहाँ रोगीहरूको अत्यधिक घुँइचो लाग्दछ।

त्यसैले पहाड़का मानिसहरूले त्यहाँ धेरै समस्याको सामना गर्नुपर्ने गुनासो छ। मेडिकल कलेजका जुनियर डाक्टरहरूले आफ्नो अध्ययनको क्रममा चिकित्सा अथवा शल्यक्रिया गर्ने कतिपय मानिसहरूमा धारणा छ। तथापि अहिले जीटीएले उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पतालमा सहायता केन्द्र स्थापना गरेको हुनाले पहाड़बाट उपचार गराउन जाने रोगी र तिनीहरूको परिवार सदस्यहरूलाई केही लाभ र सहयोग अवश्यै भएको छ। पहाड़का मानिसहरू उत्तर बङ्गाल मेडिकल कलेज जान असहज र झिजो मानेपछि सिलगढ़ीको नर्सिङ होमहरूमा उपचार गराइन्छ।
सिलगढ़ीको नर्सिङ होमहरूमा उपचार गराउँदा धेरै पैसा लाग्ने हुँदा पहाड़का मानिसहरू कहिले त चन्दा उठाएर उपचार गराउन पनि बाध्य बन्छन्।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन