पहाड़मा मेडिकल कलेज वा सुपर स्पेशियालिटी अस्पताल आवश्यक

Share this news

पहाड़मा मेडिकल कलेज अथवा सुपर स्पेशियालिटी अस्पताल हुनुपर्ने माग पुरानो हो। पहाड़का मानिसहरूको यो माग यति वर्षसम्म पूरा हुन सकेन। अहिले देशले चिकित्साको क्षेत्रमा धेरै प्रगति गरेको छ। भारतमा चिकित्सा सेवा प्राप्त गर्न विदेशबाट मानिसहरू आइरहेका छन्। पहाड़का मानिसहरू भने विभिन्न विशेषज्ञ डाक्टहरूलाई रोग जचाउन, रोगबारे जाँच गराउन सिलगढीको विभिन्न निजी नर्सिङ होम अथवा डाइग्नोस्टिक केन्द्रहरूमा जानुपर्ने बाध्यता छ। आधुनिक चिकित्सा सेवाबाट वञ्चित रहेको पहाड़का धेरै मानिसहरू ठान्छन् । यहाँको सरकारी अस्पतालहरूले जनसाधरणलाई सक्दो चिकित्सा सुविधा उपलब्ध गराइरहेको भए पनि कुनै गम्भीर समस्या उत्पन्न भए पहाड़बाट रोगीहरूलाई उत्तर
बङ्गाल मेडिकल कलेज औ अस्पताल रेफर गरिन्छ।
उत्तर ब‌ङ्गाल मेडिकल कलेजमा पहाड़का धेरै मानिसहरू जान चाहँदैनन्। यस मेडिकल कलेजले धेरै ठूलो क्षेत्रलाई चिकित्सा सेवा प्रदान गर्ने हुदा त्यहाँ रोगीहरूको अत्यधिक घुँइचो लाग्दछ।

त्यसैले पहाड़का मानिसहरूले त्यहाँ धेरै समस्याको सामना गर्नुपर्ने गुनासो छ। मेडिकल कलेजका जुनियर डाक्टरहरूले आफ्नो अध्ययनको क्रममा चिकित्सा अथवा शल्यक्रिया गर्ने कतिपय मानिसहरूमा धारणा छ। तथापि अहिले जीटीएले उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पतालमा सहायता केन्द्र स्थापना गरेको हुनाले पहाड़बाट उपचार गराउन जाने रोगी र तिनीहरूको परिवार सदस्यहरूलाई केही लाभ र सहयोग अवश्यै भएको छ। पहाड़का मानिसहरू उत्तर बङ्गाल मेडिकल कलेज जान असहज र झिजो मानेपछि सिलगढ़ीको नर्सिङ होमहरूमा उपचार गराइन्छ।
सिलगढ़ीको नर्सिङ होमहरूमा उपचार गराउँदा धेरै पैसा लाग्ने हुँदा पहाड़का मानिसहरू कहिले त चन्दा उठाएर उपचार गराउन पनि बाध्य बन्छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ