बिमल गुरुङको नाममा ठगी गर्नेलाई युवा मोर्चाको चेतावनी 

Share this news

दार्जीलिङ, 9 जनवरी(निसं): गोर्खा जनमुक्ति मोर्चा(गोजमुमो) अध्यक्ष विमल गुरुङको नाम गरेर पैसाको ठगि गरिरहेको आरोप साथै प्रशासनले छानबिन गरेर आरोहीहरूलाई कडा कानूनी सजाय दिने माग राख्दै गोर्खा जनमुक्ति मोर्चाको युवा एकाइ गोर्खा जनमुक्ति युवा मोर्चाले पुलिस प्रशासनसमक्ष प्राथमिकि दर्ता गरेको छ भने युवा मोर्चाले ठगीहरुसम्म पुग्न साइबर क्राइम विभागसित पनि सम्पर्क राख्ने भएको गोर्खा जनमुक्ति युवा मोर्चाका सोभित राईले जानकारी गराएका छन्।
राईको जानकारी अनुसार, गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष एक सम्माननीय नेता साथै गोर्खा समुदाय भित्रको एक असल साथै सहयोग पुर्‍याउने व्यक्ति पनि हुन्, यसरी गोजमुमो अध्यक्षलाई आरोप लगाउँदै समूह युवाहरुले एउटा नयाँ नम्बर निकालेर सिलगढी अनि सिक्किम क्षेत्रका विशिष्ट व्यक्तिहरुलाई रुपियाँ मागिरहेको घटना प्रकाशमा आएपछि त्यस घटनाको प्रमाण हामी समक्ष आइपुगेको छ। अब ती ठगी युवाहरूलाई गोर्खा जनमुक्ति युवा मोर्चाले कडा रूपमा चेतावनी दिदँछ कि यस प्रकारको अपमानपूर्ण अध्यक्षमाथि रुपियाँ ठगीको काम गर्ने युवाहरूलाई कठोर रूपमा जवाफ दिनेछौं साथै पुलिस प्रशासनलाई पनि अपिल गर्दछौँ यस्ता ठगी व्यक्तिहरूलाई कठोर सजाई दिइयोस्।
सोवित राईले अझ भने, अहिले बङ्गालमा चुनावको चलखेल सुरु भएकोछ। यस्तो समय गोर्खा जनमुक्ति मोर्चा,जसले एकछ्त्र दार्जीलिङमा कुशल प्रशासन अनि असल राजनीति गर्ने नेता बिमल गुरुङको नाममा ठगी काम भइरहेको छ। यस प्रकारको अपमानपूर्ण कामको सीमा काटिसकेको छ। अब गोर्खा जनमुक्ति युवा मोर्चा यसको विरोधमा आउनेछ। उनले भने, पार्टी अध्यक्ष बिमल गुरुङ चन्दा संग्रह गर्ने व्यक्ति होइनन् उनी दुःखी,गरीब र रोगीहरूको निम्ति सहयोग गर्ने एक व्यक्ति हुन् उनले सकेसम्म आजसम्म पनि सहयोग गरिरहेका छन्।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ