HHTDCSS to identify office bearers
HHTDCSS to identify office bearers

स्थापना दिवसमा एचएचटीडीसीएसएसले पदाधिकारीहरू चिनाउने

Share this news

इण्डियन गोर्खा जन शक्ति फ्रण्टको हाम्रो हिल तराई डुवर्स चिया श्रमिक संघका केन्द्रीय संयोजक अनिल राणाले बंगाल चुनाव अघि नै मिनिमम वेजेस र जमीनको पर्चा पट्टा वितरण गर्न पर्ने माग गरेका छन्। उनले, हाम्रो हिल तराई डुवर्स चिया श्रमिक संघको पदाधिकारीहरूको घोषणा पार्टीको स्थापना दिवसको मञ्चबाट गर्ने पनि बताए। इण्डियन गोर्खा जन शक्ति फ्रण्टले 22 दिसम्बर 2025 को दिन आफ्नो दोस्रो स्थापना दिवस पार्टी केन्द्रीय कार्यालय पी कोठीमा सम्पन्न गर्ने आयोजना बनाएको राणाले बताए। आयोजित स्थापना दिवस समारोहमा पार्टी केन्द्रीय समितिसंग संगै हाम्रो हिल तराई डुवर्स चिया श्रमिक संघको पदाधिकारीहरूको नाम पनि सर्वजनिक गर्ने बताए। पार्टी केन्द्रीय कार्यालयमा मङ्गलबार हाम्रो हिल तराई डुवर्स चिया श्रमिक संघको सभा सम्पन्न भएको थियो। आयोजित सभामा भातृ संगठनको समिति पुनर्गठन भएको थिएन, त्यसकारण यो सभामा दार्जीलिङ, खरसाङ, मिरिक, कालेबुङ सबै क्षेत्रका नेतृत्वहरू मिलाएर हामीले हाम्रो हिल तराई डुवर्स चिया श्रमिक संघको पूर्ण समितिको गठन गरेको राणाले जनाए। आगमी 22 दिसम्बर 2025 को दिन पार्टीको स्थापना दिवसको अवसरमा नेतृत्वहरूसंग संगै केन्द्रीय समिति सदस्याहरूको नाम सार्वजनिक गर्ने उनले बताए। उक्त सभामा पूर्ण समिति गठनसंग संगै केन्द्र सरकारले जारी गरेको लेबर कोर्टको विषयमाथि पनि गहन चर्चा भएको थियो। सरकारले जारी गरेको लेबर कोर्ट कानूनले श्रमिक संगठनहरूसंग संगै श्रमिकहरूको लागि पनि घातक रहेको स्पष्ट देखा पर्दैछ। यस विषयमाथि पार्टी लगायत श्रमिक संगठनहरू बसेर चर्चा गरेर भावी कार्य योजनाहरू तयार गर्न अति नै जरूरी छ। आइजीजेएफको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स श्रमिक संघले चिया बगानहरूमा मिनिमम वेजेस र चिया श्रमिकहरूको घर घरेडीको हक र अधिकारको विषयमा काम गर्ने छ, साथै पश्चिम बंगाल विधानसभा चुनाव अघि नै मिनिमम वेजेस लागु गरिनु पर्ने साथै श्रमिक हरूको घर घरेडीको मालिकाना हक र अधिकारको पक्षमा सडकमा ओर्लिने उक्त सभामा निर्णय लिइएको एचएचटीडीसीएसएसका केन्द्रीय संयोजक अनिल राणाले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ