धोबी खोला नजिक मैलाकुचैलाको रास

Share this news

खरसाङ,  (निसं)ः खरसाङको धोबी खोला नजिक रेलको लिक किनारमा रहेको मैलादानीमा धेरै दिनदेखि मैलाकुचैला थुप्रिएको गुनासो छ। यस मैलादानीमा लगभग दुई-तीन महिनादेखि मैलाकुचैला थुप्रिएर बसेकोले उक्त मैलाकुचैला सड़िएर दुर्गन्ध आउने गरेको कतिपलले गुनासो गरेका छन्‌‍। यस स्थानमा रहेको मैलादानी भरिएर मैलाकुचैला मैलादानीको वरिपरि क्षेत्रसम्म थुप्रिएर बसेकोले यहाँबाट हिँड़ने मानिसका साथै वरिपरिका मानिसहरू समस्यामा परेका छन्‌‍। रेलको लिक किनारमा यसरी मैलाकुचैलाको डङ्गुर रहेकोले पहाड़ घुम्न आउने पर्यटकहरूलाई पनि यसले नकारात्मक सन्देश दिइरहेको कतिपयले बताएका छन्‌‍।

ज्ञात रहोस, खरसलाङ शहरको विभिन्न स्थानमा रहेको मैलादानीहरू नगरपालिकाले बन्द गरिसकेको छ। यहाँको मैलादानी पनि नगरपालिकाले बन्द गरिसकेको हो, कुनै समय यहाँको मैलादानी बारिएको अवस्थामा देखिएको थियो भने कुनै समय नगरपालिकाले यस मैलादानीमा मैलाकुचैला नफाल्न भनी नोटिस पनि टाँसेको थियो। नोटिसमा यस स्थानमा मैलाकुचैेला फालिएको खण्डमा जरिमाना लगाउने समेत उल्लेख गरिएको थियो। यसरी नगरपालिकाको प्रयासपछि पनि यस स्थानमा रहेको मैलादानीमा मानिसहरूले मैलाकुचैला फाल्न बन्द नगरेको पाइएको छ।

कतिपय मानिसहरूले यस स्थानमा रहेको मैलादानीमा स्थानीयहरूले मात्र मैलाकुचैला नफालेको तथापि बाहिरबाट पनि मनिसहरूले बोरामा मैलाकुचैला ल्याएर यहाँ थुपार्ने गरेको बताएका छन्‌‍। यस स्थानमा कसले मैलाकुचैेला थुपारेका हुन्‌‍ र किन थुपारेका हुन्‌‍ त्यो चिन्तनको र जाँचको विषय रहे तापनि यहाँ थुपारिएको मैलाकुचैलाको रासले यहाँबाट हिँड़ने अनि छेउछाउका मानिसहरूलाई समस्या अवश्यै भएको छ। रेलको लिक नजिक यसरी मैलाकुचैलाको रास रहने गरेकोले दार्जीलिङ पहाड़ घुम्नको निम्ति रेलमा अथवा गाड़ीमा चड़ेर आउने पर्यटकहरूको नजरमा अवश्यै नकारात्मक असर परेको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ