सिंगताम चियाबारी मोटा धुरामा स्वास्थ जाँच शिविर

Share this news

दार्जीलिङ,30 जुन(निसं): आइतबार सिंगताम चियाबारीको मोटा धुरा जागृति समाज भवनमा सिंगताम जागृति समाज र केकेआरएस सेवा समिति दार्जीलिङको संयुक्त तत्वाधानमा आयोजित कालेबुङ्ग दृष्टि फण्डेशनद्वारा आँखा जाँच शिविर अनि अन्य  रोग सम्बन्धित शिविर सम्पन्न गरियो। विशेष यस शिविरमा आँखा जाँच विशेषज्ञ डाक्टर अबदुल अन्य  रोग विशेषज्ञ डाक्टर उजेन डुक्पा ल्याब टेक्निसियन प्रकाश थापा सुर्य राई, हेल्फर बिश्वनु विश्वकर्म, करिम भाइ आदि उपस्थित थिए। यस स्वास्थ शिविरमा आँखा जाँच जम्मा 36 जना बिमारीहरुको आँखा रोग जाँच पूरा गरियो।साथै अन्य शारीरिक रोगीहरु एक सय भन्दा धेरैले जाँच गरे भने चस्मा सँगसँगै अन्य रोग सम्बन्धित विभिन्न रिपोर्ट बनाउने भएको छ। अन्य शारीरिक रोगीहरुले पनि आफ्नो बिविन्न प्रकारको रोग जचाई विभिन्न प्रकारको ब्लड टेस्ट पनि गराई सकेको जानकारी प्राप्त भएको छ। केकेआरएस सेवा समितिका सचिव दिवस राई पनि उपस्थित थिए। केकेआरएस सेवा समिति सचिव दिवस राईले बताए अनुसार, केकेआरएस सेवा समितिले आज भन्दा धेरै अधिदेखि नै धेरै बिरामीहरुलाई सेवा पुराई रहेको छ भन्ने जानकारी दिए। केकेआरएस सेवा समितिले दार्जीलिङ,पुल-बिजनबारी खरसाङ मिरिक कालेबुङ सिलगुढी अनि तराई-डुवस लगायत जय गाउँसम्म आफ्नो सेवा पुराई रहेको जानकारी पनि दिए। सचिव दिवस राईले बताए अनुसार, गत 2024सालको मई महिनादेखि लिएर आगामी 2025 सालको मई महिना सम्मको रिपोर्ट सिक्किम सरकारलाई जम्मा 185 जना बिरामीहरुको उपचार गराई सकेको छ भन्ने जानकारी पनि दिए। सिक्किम राज्यका सोकेथाङ्ग परिसरमा अवस्थित एसटीएनएम मल्टिस्पेसिलिटी अस्पतालमा सिक्किम राज्यका स्वास्थ विभागका मन्त्री लगायत स्वास्थ विभाग सुपर विभन्न रोग सम्बन्धित डाक्टर अनि अस्पताल विभागका सम्पूर्ण कर्मचारी वर्गहरु सँग तालमेल राखी केकेआरएस सेवा समितिले सेवा पुराई रहेकोछ।  यतिमात्र नभएर सिक्किम राज्यका माननीय मुख्यमन्त्री  पीएस गोलेले सिक्किम सरकारले पनि दार्जीलिङ पहाड तराई अनि डुवसका धेरै बिमारीहरुलाई सहयोग प्रदान गरिराखेको भन्ने जानकारी पनि केकेआरएस सेवा समिति सचिव  दिवस राई अनि केकेआरएस सेवा समिति सभापति  बासु राईले बताए। आउने दिनहरुमा केकेआरएस सेवा समितिले अझै धेरै बिमारीहरुको स्वस्थ विषय सम्बन्धित धेरै वटा क्षेत्रहरुमा बिमारीहरुलाई सहयोग पुराउने सल्लाह पनि दिए। आजको स्वस्थ शिविर विषयमाथि मोटा धुरा जागृति समाजका मूल सचिव  बिकास राईले आँखा जाँच शिविर सँगसँगै अन्य शारीरिक रोग सम्बन्धित पनि धेरै वटा बिमारहरुको ब्लड टेस्ट सँगसँगै नि:शुल्क दवाईहरु पनि वितरण गरिएको जानकारी राईले दिए। यस स्वस्थ शिविरमा सिंगताम जागृति समाजलाई केकेआरएस सेवा समिति दार्जीलिङबाट पनि धेरै सहयोग गरि दिएको छ भन्ने जानकारी पनि सचिवले दिए। सहयोगी हातहरुमा सभापति  उदय राई उप-सभापति  किरण गुरुङ सह-सचिव  सन्नी बीके उप- सभापति  डेभिट तामाङ मूल सल्लाहकार  निमा लामा कोषाध्यक्ष  राम प्रसाद राई सल्लाहकार  ललित गुरुङ  शरदे राई  चंन्दन तामाङ स्वस्थ क्षेत्रका दुई सदस्य  शिवानी राई  रिया राई उपस्थित थिए। भन्दै यस शिविरमा उपस्थित कालेबुङ दृष्टि फण्डेसनका चीफ कोडिनेटर लगायत शिविर टीम सम्पूर्ण सदस्यगण अनि केकेआरएस सेवा समिति सभापती अनि सचिव अनि सम्पूर्णलाई सिंगताम जागृति समाज मोटा धुरा सचिवद्वारा धन्यवाद आभार व्यक्त गरे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ