जसले कान्समा पुर्‍याए नेपाली चलचित्र

Share this news

सञ्जय प्रधान

नेपाली चलचित्रको क्षेत्रमा केही फरक अवधरणा राख्ने ४९ वर्षीय निर्देशक सामतेन भुटिया सधैं केही न केही सोंचिरहका हुन्छन्, केही न केही नयाँ गरिरहेका हुन्छन्। व्यावसायिक पक्षलाई भन्दा बढ़ी कलात्मक पक्षलाई प्रमुखता दिन्छन्। यसैले उनका चलचित्रहरूमा फरक प्रयोग गरिएको हुन्छ। उनीसित कुरा गर्दा प्रयोगात्मक विचारधारा रहेको मुहसुस हुन्छ। समाजभित्र अन्धविश्‍वासका तुवाँलोले ढाकिएका पाटाहरूलाई उजागर गरेर उनी चलचित्रमा जनजागरणको निम्ति प्रयोग गर्छन्। यस्तै प्रयोगवादी विचारधारामा उनीद्वारा निर्देशित चलचित्र ‘तारा द् लस्ट स्टार’ विश्‍वकै प्रतिष्ठित चलचित्र उत्सव कान्स् फिल्म फेस्टिवलमा प्रदर्शन हुनसक्यो। यस चलचित्रएक श्यामाश्री शेर्पा र किरण दाहाल मूल भूमिका छन् भने अन्य मुख्य पात्रहरूमा चर्चित कलाकार देवराज शेर्पा, लूनिभा तुलाधर, शशिकला प्रधान, सुष्मिता भुजेल, बसन्त शर्मा, आनन्द गुरूङ र तिमोथी राई रहेका  छन्। यस चलचित्रको पटकथा स्वंय सामतेन भुटियाले लेखेका हुन्।

  “खासै हेर्दा यहाँका कथाहरू पनि खोजी गरिएका छैनन्। हामीले हाम्रो कथा भन्नै पाएका छैनौँ”

 

‘तारा द् लस्ट स्टार’ समग्र नेपाली चलचित्रको संसारमा एउटा गौरवशाली चलचित्र हो। यो चलचित्र निर्देशन गर्ने सामतेन भुटियालाई यस्तो कलाको क्षेत्रमा सानो विद्यार्थी छँदादेखि नै अदम्य चाहना थियो। स्व० ग्यात्सो भुटिया र श्रीमती छुकी भुटियाका छोरा सामतेन भुटिया गान्तोककै तादोङको सरकारी स्कूल र पूर्व सिक्किमको साङ्-मार्तमको स्कूलमा पढ़ेका हुन्। सिक्किमको हरियालीले भरिएको डाँड़ाकाँड़ा, हिमालदेखि दार्जीलिङको चियाका बुटा र यससित सङ्घर्ष गर्ने हातहरूसित पनि परिचित छन्। आमा छुकी भुटियाको माइतीघर  दार्जीलिङको तकदाहअर्न्तगत लामाहट्टामा आफू बच्चाबेलामा आउँदाखेरिको कुरालाई सम्झिन्छन्। त्यति बेला गाउँतिर सिनेमाको पब्लिसिटीको लागि प्रोजेक्टर लिएर आउने चलन थियो। सामतेन पनि आमाको घर आएका बेलामा गाउँमा त्यस्तै सिनेमाको हल्ला सुनेर दौड़िएर जान्थे, अनि ध्यान लगाएर हेर्थे। यसले उनको केटौलो मन, मस्तिष्कमा गहिरो प्रभाव पार्‍यो। बिस्तारै उनको जीवन पनि सिनेमातिर मोड़िन थाल्यो। सन् १९९५-९६ देखि नाटकको क्षेत्रमा प्रवेश गरे। चलचित्रकै लक्ष्य लिएर उनी सन् १९९८ मा काठमाड़ौ नेपाल गए। सन् २००० मा सिक्किम फर्किएर आए अनि फेरि नाटकमा लागे। यसपछि भिडियो चलचित्रहरू र म्युजिक भिडियोहरू निर्माण गरे। सन् २००८ मा उनले रजतपटका लागि पहिलो चलचित्र ‘लेटर’ निर्देशन गरे। यहाँदेखि चलचित्रको क्षेत्रमा उनको यात्रा निरन्तर शुरू भयो।

फेरि उनी नेपाल गएर त्यहाँका सुपरिचित युवा साहित्यकार, नाटककार तथा चलचित्र निर्देशक प्रकाश आङ्दाम्बेको चलचित्र ‘देश खोज्दै जाँदा’मा सह निर्देशकको काम गरे। सामतेन चलचित्र निर्माणको क्षेत्रमा यसरी काम गर्दै गए, अनुभव बटुल्दै गए अनि अनुभवले खारिँदै गए। यसै दौरान कवि तथा चलचित्र ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाले एउटा किताब ‘स्मृतिका डोबहरू’ पढ़ेर सुनाए। त्यो किताब पढ़्दै जाँदा चार पृष्ठले मनमा छोएको हुँदा त्यसबाट चलचित्र बनाउन ‘तान्द्रो’ लेखेर र यही चलचित्र बनाए। यसलाई सामतेनले नै निर्देशन गरे। यसपछि उनले ‘अनागत’, ‘साँढ़े सात’, ‘च च हुँई’ निर्देशन गरे। नेपाली चलएचित्रकी लोकप्रिय नायिका प्रियंका कार्कीलाई लिएर लघु चलचित्र ‘बटन’ निर्देशन गरे।

चलचित्र बनाउँदा हुने सुविधा-असुविधाबारे उनी भन्छन्, ‘‘जुनै पनि काम गाह्रै हुन्छ। प्रोसेसमा जानैपर्छ, यता बसेर फिल्म बनाए पनि नेपालमा फिल्म बनाए पनि असुविधा केही छैन।’’ भारतमा नेपाली चलचित्रको लागि बजार  व्यवस्थाबारे सोद्धा उनी भन्छन्, ‘‘चुनौती छ, छैन भन्नु मिल्दैन। हामीले नसक्ने चाहिँ छैन। मैले ‘तारा द् लस्ट स्टार’ हैदरावाददेखि नै रिलिज गरेको हो। भारतभरि नै लगाउने भनेर गर्‍यौं, अनि मलाई धेरैले भन्यो कहाँ लाग्छ त्यसरी हुँदैन भन्यो। तर मेरो भिजन पोस्टर भए पनि हेरेर जावोस् भन्ने थियो। आज पोस्टर हेर्छ भोलि अर्को फिल्मको पनि पोस्टर लाग्छ। भोलि ट्रेलर हेर्छ अनि अर्कोपाली सिनेमा हेर्छन्। हामीले कौतुहल जगाउनु हो। हामीले कौतुहल सृजना गर्न नसकेको हुनाले चुनौती भएको हो। नेपालीभाषीहरू जहाँ जहाँ छन् पोस्टर भए पनि लगाउनु पर्छ। यसरी नै विस्तार हुँदै जान्छ। मलाई लाग्छ एक दिन यहाँ हाम्रो बजार स्थापित हुनेछ। राम्रोसित हेर्‍यौं भने हाम्रो बजार छ।’’

अहिले वेब सिरिज धेरै बढ़ेर गएको छ, र दर्शकहरू पनि यसमा आकर्षित भइरहेका छन्। नेपाली वेब सिरिजबारे सोद्धा सामतेन भुटिया भन्छन्, ‘‘नेपालतिर चाहिँयो लगभग शुरू भइसकेको जस्तो छ। हाम्रो यहाँ अन्वेषणको कमि छ, अनि यसको निर्माण र लगानीमा साथै ओटीटीसम्बन्धी अलिक जानकारी पुगेको छैन।’’ उनी भन्छन्, ‘‘हाम्रो यहाँ सम्पूर्ण संसाधन छ। सिरिजको लेखाइ गहिरो र विस्तारित हुनुपर्छ। हामीले यहाँ अन्वेषण गर्‍यौं भने सम्भावनाहरू छन्। खासै हेर्दा यहाँका कथाहरू पनि खोजी गरिएका छैनन्। हामीले हाम्रो कथा भन्नै पाएका छैनौँ। हाम्रो कथा भन्यौं भने दर्शकले रूचाउँछन् भन्ने मलाई लाग्छ।’

अहिले उनी भारत सरकारको सूचना अनि प्रसारण मन्त्रालय अधिनस्थ नेशनल फिल्म डिभिजन  कर्पोरेशन (एनएफडीसी)को पहलमा निर्माण हुने सिक्किमेली भुटिया भाषामा ‘साङ्ग्रिला द् हिडन प्याराडाइज’को बनाउन व्यस्त छन्। उनी आउँदो दिनमा नयाँ प्रस्तुतिको निम्ति पटकथा  लेख्नमा व्यस्त छन्। नेपाली चलचित्रलाई नयाँ आयाम दिन उनी विचारशील छन् अनि निरन्तर क्रियाशील छन्।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ