अखिल भारतीय गुरुङ तमु संघ पुल विजनबारी शाखाद्वारा गुरुङ तमु तोला लोसार पालन 

Share this news

बिजनबारी,1 जनवरी: जातीय परम्परालाई सगरक्षण गर्दै नयाँ पिडीहरुमा आफ्नो सस्कार तथा सस्कृतीलाई देखाउने प्रमुख उदेश्यको साथमा अखिल भारतीय गुरुङ तमु संघ पुल विजनबारी शाखाद्वारा गुरुङ तमु तोला लोसार सम्पन्न गरियो। वीर बहादुर गुरुङको अध्यक्षतामा स्थानीय नयाँ नोर ग्रामको सुन्तले बस्तीमा आयोजना गरिएको कार्यक्रममा सगठनका केन्द्रीय समितिका सहसचिव धिरेन गुरुङ प्रमुख अतिथिका रूपमा उपस्तिथि थिएभने उनीवाहेक रमाम चेक आउट पोस्ट प्रभारी, शिक्षक गंगा प्रधान लगायत बिजनबारी शाखाको विभिन्न शाखाका पदाधिकारी लगायत सर्वसाधारण सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो।
दीप प्रज्ज्वलनको साथमा शुरु गरिएको कार्यक्रममा उपस्थिति धर्मगुरुले विधिवत रूपमा पूजा आराधना गर्दै नयाँ बर्षमा सम्पुर्ण मानव सभ्यतामा सुख, शान्ति सगै भाइचाराको सन्देश सबैलाई दिएका थिए। जातीय परम्परा संग्रक्षण अनि संवर्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जातीय पोसाक साथै जातीय खानपानको पनि प्रदर्शनी गरियो भने कार्यक्रममा  जातीय नृत्य लगायत विभित कार्यक्रम प्रस्तुत गरियो भने कार्यक्रममा जातिय सरसमाग्रीहरु प्रदशनी गरियो। यस्तै उपस्थित सम्पुर्णले जातीय खानपिन आनन्द समेत लिएका थिए। यसैबीच कार्यक्रममा अवसर पारी गुरुङ समुदायका वयोवृद्ध नागरिकहरुलाई सम्मान समेत गरिएको थियो।

हाम्रो मुख्य उदेश्य लोपोन्मुख हुन लागेको आफ्नो जातीय सस्कार सस्कृती तथा पहिचानलाई नयाँ पुस्ताहरुलाई देखाउदै परम्पराको रक्षा गर्ने हो आयोजक समितिको एक सदस्यले बताए भने कार्यक्रमको माध्यमबाट जातीय खानपिन सरसामान लगायतको प्रदशनी समेत गरिएको उनले थपे। यद्यपि कुनैपनि समुदायले जातीयको नाममा सम्प्रदायीकता शक्तिहरुलाई हाबी हुन नदिनुपर्ने बताए। यसको साथमा उनले सम्पुर्ण जातीय जनगोष्टीद्वारा निर्मित गोर्खा जाती सदैव एकतामा रहनुपर्ने तर्क समेत उनले राखे।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ