सौरेनी बजारस्थित सार्वजनिक भवनमा एक विशेष सभाको आयोजना गरी मिरिक गोर्खा श्रमिक संगठनको सौरेनी शाखा गठन गरिएको छ। कार्यक्रमको सभापतित्व मिरिक गोर्खा श्रमिक संगठनका केन्द्रीय अध्यक्ष बिमल प्रधानले गरेका थिए। उक्त शाखा गठन सौरेनी बजार, तोक्लाङ, चुवान्धुरा, मेची, लोवर तोक्लाङ लगायत जम्मा ६ वटा गाउँहरूलाई समेटेर गरिएको हो।
