Gurkha girl was unable to get a job
Gurkha girl was unable to get a job

सात लाख रुपैयाँ दिन नसक्दा एउटी गोर्खे छोरीले पाइनन् नोकरी

Share this news

सरकारी निकायमा भ्रस्टाचार यस्तो छ, पहाडको अवस्था, सात लाख रुपैयाँ दिन नसक्दा नोकरी गुमाउन परेकी छोरीलाई न्याय दिलाउन उच्च न्यायालय जाने इण्डियन गोर्खा जनशक्ति फ्रन्टका केन्द्रीय संयोजक अजय एडवर्ड्सले बताएका छन्। किनकि कालेबुङकी ती गोर्खे छोरीले सात लाख रुपैयाँ दिन नसक्दा कालेबुङ अस्पतालमा नियुक्ति नपाउनु अत्यन्तै दुर्भाग्यपूर्ण घटना हो।

एडवर्ड्सले बताए, गत दिन विशेष कार्यले म कालेबुङ भ्रमणमा गएको थिएँ। सो क्रममा मैले थाहा पाएँ कि कालेबुङकी एक युवतीले कालेबुङ अस्पतालमा कामको नियुक्ति पत्र प्राप्त गरेकी थिइन्। तर नियुक्ति पत्र प्राप्त गरेकै बेलुका एक व्यक्तिले उनलाई र उनको परिवारलाई फोन गरेर सात लाख रुपैयाँको माग गरे। पहिले दुई लाख रुपैयाँ र त्यसपछि बाँकी पाँच लाख रुपैयाँ दिनुपर्ने माग गरिएको थियो।

उक्त युवतीले परीक्षा पास गरेर योग्यताका आधारमा नियुक्ति पत्र प्राप्त गरेकी थिइन्। तर नियुक्ति पत्र पाएपछि राति फोन गरेर रकम माग गरिनु अत्यन्तै गम्भीर विषय हो। पहिले दुई लाख रुपैयाँ र नियुक्ति भएपछि बाँकी पाँच लाख रुपैयाँ दिनुपर्ने सर्त राखिएको थियो। जब ती युवतीले आफूसँग यति धेरै रकम नभएको जानकारी गराइन्, तब मेडिकल अस्पतालमा कार्यभार सम्हाल्नुअघि नै उनलाई निष्कासन पत्र थमाइयो।

कालेबुङका शिक्षित युवा–युवतीहरूले पढेर पनि नोकरीका लागि पैसा तिर्नुपर्ने र पैसा दिन नसके नियुक्ति नपाउनु भन्दा ठूलो दुर्भाग्य अरू के हुन सक्छ ? एडवर्ड्सले बताए, म ती छोरीको नाम सार्वजनिक गर्नेछैनँ, तर उनलाई न्याय दिलाउन उच्च न्यायालयमा याचिका दर्ता गर्नेछु।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ