Gun attack at Sydney’s Bondi Beach, 11 killed

सिड्नीको बोन्डी बिचमा गोलीकाण्ड, ११ जनाको मृत्य

Share this news

अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी समुद्री तटमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा ११ जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। ‘अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन’ (एबीसी) का अनुसार घटनामा घाइते भएका कम्तीमा १६ जनालाई अस्पताल भर्ना गरिएको छ भने अन्य धेरैको घटनास्थलमै उपचार भइरहेको छ।

सिड्नी प्रहरीले एक अज्ञात समूहद्वारा गरिएको आक्रमणमा ‘केही व्यक्तिको’ मृत्यु भएको पुष्टि गर्दै घटनामा संलग्न हुन सक्ने आशंकामा दुई जनालाई नियन्त्रणमा लिइएको जनाएको छ।

Gun attack at Sydney’s Bondi Beach, 11 killed

घटनाको समयमा यहुदी समुदायका धेरै सदस्यहरू साँझ दीप प्रज्वलन गरी मनाइने आठ दिने यहुदी पर्व हनुक्का मनाउने क्रममा छुट्टी बिताउन समुद्र तटमा भेला भएका थिए।अस्ट्रेलियाको यहुदी संघका प्रमुख रोबर्ट ग्रेगरीले बोन्डी बिचमा हनुक्का कार्यक्रमकै क्रममा भएको उक्त गोलीकाण्डलाई ‘दुःखद भए पनि पूर्ण रूपमा पूर्वानुमानित’ घटना भएको टिप्पणी गरेका छन्। फ्रान्सको समाचार संस्था एएफपीका अनुसार ग्रेगरीले अल्बानिज सरकारलाई पटक–पटक चेतावनी दिइए पनि यहुदी समुदायको सुरक्षाका लागि पर्याप्त कदम चाल्न सरकार असफल भएको आरोप लगाएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड