जीटीए-को 2026 सालको क्यालेण्डर  गिरी जयन्तीमा सार्वजनिक 

Share this news

दार्जीलिङ, 28 दिसम्बर (निस): लुइस जुबली परिसरमा सूचना एवं सांस्कृतिक विभाग गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन अनि नेपाली अकादमी दार्जीलिङको संयुक्त आयोजनामा जातीय कवि अगमसिंह गिरीको 98औँ गिरी जयन्ती समारोह पालन गरियो।
 उक्त समारोह अध्यक्ष गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन सभा अञ्जुल चौहानको प्रमुख आतिथ्यमा सम्पन्न गरियो। उक्त समारोहमा विभागीय सभासद अनोस कुमार थापा कार्यकारी सभासद सूचना एवं सांस्कृतिक विभाग जीटीए, विमल राई सह-निर्देशक सूचना एवं सांस्कृतिक विभाग जीटीए, वरिष्ठ साहित्यकार भाषाविद डा. गोकुल सिन्हा, नेपाली साहित्य सम्मेलनका अध्यक्ष डा. सीके राई, नगरपालिका अध्यक्ष दिपेन ठकुरी लगायत विभागीय अधिकारीहरूको साथै प्रतिनिधिहरूको उपस्थिति अनि दार्जीलिङका  गणमान्य व्यक्तित्वहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरियो।
कार्यक्रमको प्रथम चरणमा उपस्थित प्रमुख अतिथि साथै विशिष्ट अतिथिहरूको बाहुलीबाट गिरीको सालिग अघि दीप प्रज्व लन गरिएपछि सूचना एवं सांस्कृतिक विभाग जिटीएका कलाकारहरूद्वारा प्रारम्भिक गीत नौलाख तारा उदायो गीत प्रस्तुत गरेपछि आयोजकको पक्षमा सहनिर्देशक भाषा अनुभाग विमल राईद्वारा उपस्थित  सम्पूर्णमा स्वागत जनाउँदै आफ्नो स्वागत सम्बोधन प्रस्तुत गरे।  समारोहको अर्को चरणमा कविहरू क्रमैले पवन महिमा नरेश कटवाल आरती गुरुङ अनि द्वारिका क्षेत्रीले कविताहरू प्रस्तुत गरेर सुनाएका थिए।
उक्त समारोहलाई सम्बोधनमा राख्दै जातीय कवि अगमसिंह गिरीका लेखकीय विषयमाथि भाषा साहित्यविद डा गोकुल सिन्हाद्वारा गहन वक्तव्य प्रस्तुत गरियो। यसै समारोह बीच गोरखल्यान्ड क्षेत्रीय प्रशासन द्वारा आधिकारिक रूपमा प्रत्येक वर्ष गर्दै आइरहेको जीटीए क्यालेण्डर-2026 को विमोचन उपस्थित प्रमुख अतिथि साथै विशिष्ट अतिथिहरूको बाहुलीबाट सम्पन्न गरिएपछि क्यालेन्डर विमोचन भएको घोषणा प्रमुख अतिथि अञ्जुल चौहानद्वारा गरियो।
कार्यक्रमको अर्को चरणमा कार्यकारी सभासद्  अनोस थापाद्वारा  समारोहलाई सम्बोधन गरेपछि प्रमुख अतिथि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभाका अध्यक्ष अन्जुल चौहानद्वारा गहन वक्तव्य प्रस्तुत गरियो। उक्त समारोहलाई मुकुन्द थापा अनि अनित खातीद्वारा सञ्चालन गरिएको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ