जीटीएले सुंगुर पालनमा युवाहरूलाई प्रोत्साहन दिने

Share this news

गोर्खाल्याण्ड टेरियोटोरियल एड्मिनिस्ट्रेसन (जीटीए) द्वारा बेरोजगार युवाहरुलाई स्वरोजगारको माध्यम दिलाउन व्यवसायिक सुंगुर पालन बारे निःशुल्क प्रशिक्षण दिइने भएको छ। हाल पहाडमा युवाहरुको एउटै गुनासो उठिरहेको छ। त्यो हो पहाडमा कुनै कुराको ब्यवस्थापन छैन। बेरोजगारपनको बहानामा हजारौं युवाहरु पहाडबाट पलायन भई कोही खाडी मुलुकतिर त कोही भारतकै अन्य राज्यहरूमा गएर अस्थायी नोकरी गरिरहेको अवस्था छ। अर्कोतिर हेर्नु हो भने यसको ठीक विपरीत दार्जीलिङ पहाडमा अन्य राज्यहरूको हजारौं व्यक्तिहरु आएर हाम्रै ठाउँमा साना तिना व्यापार वाणिज्य चलाएर सालनी लाखौं रुपियाँ कमाइरहेको जीटिए प्रमुख जन सम्पर्क अधिकारी एसपी शर्माले अघि बताए। शर्माले भने, यी सबै विषयलाई धेरै नजिकबाट समीक्षा गरिरहेको छ। शर्माले भने, युवाहरुले केवल सरकारी नोकरीको मात्र अपेक्षा नराखी विभिन्न स्वरोजगारको माध्यमहरु अप्नाए हाम्रै ठाउँमा ती प्रशस्त सम्भावनाको मार्गहरु, जसको अनुसार यहाँका युवाहरुले बेरोजगारीको बहानामा पलायन हुन पर्दैन। उनले भने, पहाडमा युवाहरुलाई स्ववालम्बी बनाउन सुंगुर पालन एउटा उचित विकल्प बन्न सक्छ। किनभने मार्केट- मा जहिले पनि संगुरको मासुको डिमाण्ड धेरै छ। दार्जीलिङ पहाडमा अहिले सुंगुरको निर्यात बाहिरबाट भइरहेको छ। बजारमा जुन सुंगुरको मासुको डिमाण्ड छ, त्यसको पूरा पहाडको स्थानीय सुंगुर पालकहरुबाट हुन सकिरहेको छैन । तसर्थ हामीले यी बिषयहरु माथि गम्भीर रुपमा अध्ययन अनि समिक्षा गरेपछि यो निष्कर्षमा पुग्यौं, पहाडमा संगुर पालनको व्यवसाय अति उत्तम रुपमा फस्टिने ब्यापक सम्भावना रहेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ