GTA Chief Anit Thapa's meeting
GTA Chief Anit Thapa's meeting

रासन डिलरहरूसँग जीटीए प्रमुख अनित थापाको बैठक सम्पन्न

Share this news

आज जीटीए क्षेत्रका रासन डिलरहरूसँग जीटीए प्रमुख अनित थापाको महत्वपूर्ण बैठक सम्पन्न भयो। बैठकमा डिलरहरूले डाकेको अनिश्चितकालीन बन्दको विषयमा गम्भीर छलफल गरिएको थियो। जीटीए प्रमुख थापाले डिलरहरूलाई उक्त बन्द फिर्ता लिन आग्रह गर्दै यसले साधारण जनतालाई ठूलो असर पारेको बताएका छन्। डिलरहरूले आफ्नो अनुरोधलाई सकारात्मक रूपमा लिनेछन् भन्ने कुरामा आफू विश्वस्त रहेको उनले बताए।

बैठकमा सम्बोधन गर्दै थापाले स्पष्ट पारे कि रासनसम्बन्धी नीति केन्द्र सरकारले बनाउने हो, राज्य सरकारले होइन। यस नीतिले केवल रासन डिलरहरूलाई मात्र नभई आम उपभोक्तालाई समेत समस्यामा पारेको उनको भनाइ थियो। उनले रासन डिलरहरूले ठूलो कमाइ गर्ने उद्देश्यले होइन, आफ्ना बाजे–बोज्युबाट आएको इज्जत र परम्परा जोगाउन मात्र यो पेशा गर्दै आएको जस्तो देखिने बताए।

थापाले रासनसम्बन्धी कुनै पनि समस्या आएमा त्यसको समाधान सम्बन्धित विभागको काम भएको उल्लेख गरे। मोबाइल बोकेर हिँड्ने व्यक्तिलाई दोष दिने भन्दा विभागमा गएर औपचारिक रूपमा उजुरी दिनुपर्ने उनको सुझाव थियो। यदि अत्यन्तै दुःख दिइएको खण्डमा एफआईआरसमेत गर्न सकिने उनले बताए।

साधारण जनताले कम्ती चामल, गुणस्तर नपुगेको रासन आदि विषयमा गुनासो गरेमा पनि विभागमै गएर उजुरी राख्नुपर्ने थापाको भनाइ थियो। झगडा र विवाद नहोस् भन्ने उद्देश्यले नै आफूहरू बीचमा उभिएको उनले स्पष्ट पारे। डिलरहरू लाइसेन्सधारी भएकाले उनीहरूले पनि नियमअनुसार नै काम गर्नुपर्ने थापाले जोड दिए।

थापाले आफू लिने होइन, दिने ठाउँमा बसेको व्यक्ति भएको भन्दै राज्य सरकारले दिने कुरामा आफू सहकार्य गर्ने बताए। उनले दिल्लीसँग होइन, कोलकातासँग मिलेर काम गर्नुपर्ने यथार्थ रहेको उल्लेख गर्दै भने, “कोलकाता हाम्रो कुल देउता हो भने दिल्ली मूल देउता हो। तर डिलरहरूको समस्या दिल्लीले होइन, राज्य सरकारले नै समाधान गर्ने हो।”

उनले समस्याको समाधान अनिवार्य रूपमा निकाल्नुपर्ने बताउँदै अहिले कुनै फाराम भर्नुपर्ने अवस्था नरहेको र संवाद सुरु भइसकेको जानकारी दिए। मन्त्रीले डिलरहरूको कुरा सुनेको र अब बन्द खोलिदिनुपर्ने बेला आएको थापाको भनाइ थियो। उनले बन्दका कारण साधारण जनताले दुःख पाएको उल्लेख गर्दै विशेषगरी पहाडका धेरै गरीब र निमुखा जनताको जीवन रासनमै निर्भर रहेको बताए। त्यसैले मानवताका आधारमा पनि बन्द फिर्ता लिन उनले डिलरहरूलाई आग्रह गरे। “म सधैं तपाईंहरूको साथमा र पक्षमा उभिएको छु,” थापाले भने।

थापाले कालिम्पोङ र दार्जीलिङ जिल्लाका जिल्ला अधिकारीहरू (DM) लाई संयुक्त रूपमा एउटा प्रस्ताव पठाइने जानकारी दिए। उक्त प्रस्तावमा रासन डिलरहरूको निरन्तरताको विषय समेटिनेछ। जिल्ला प्रशासन र जीटीए मिलेर सरकारसमक्ष जाने र मुख्यमन्त्री तथा मन्त्रीलाई मनाउने जिम्मा आफूले लिने थापाले बताए।

राज्यका नेताहरू जनताको पक्षमा लड्ने नेता भएको उल्लेख गर्दै थापाले आफ्नो नेतृत्वप्रति गर्व महसुस गर्ने बताए। साथै उनले सभासद राजेश चौहानले यस विषयमा आफ्नो प्रतिनिधित्व गर्ने जानकारी पनि दिए।

समग्रमा, बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो र जीटीए प्रमुख थापाले संवाद र सहकार्यको माध्यमबाट रासन डिलरहरूको समस्या समाधान हुने विश्वास व्यक्त गर्दै अनिश्चितकालीन बन्द तुरुन्त फिर्ता लिन अपील गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ