GTA begins repair of British-era bridge connecting Marma-Dhaje

जीटीएद्वारा मरम-धजे जोड्ने ब्रिटिसकालीन पुल मर्मत प्रारम्भ

Share this news

जोरबङ्लो सुकेपोखरी खण्ड अन्तर्गत पोख्रेबोङ ग्राम पञ्चायात तीनको धजे बस्ती तथा मिरिक महकुमा मरमा चियाबारीलाई जोड्ने ऐतिहासिक ब्रिटिसकालीन झोलुङ्गे पुलको मर्मत कार्य शुरु भएको छ। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका सभाध्यक्ष तथा नागरी धजे समष्टिका सभासद अञ्जुल चौहानको पहलमा जीटीएको माध्यमबाट पुल मर्मत कार्य अघि बढाइएको हो। ब्रिटिसकालमा धजे र मरमाबीचको आवागमनका लागि यो झोलुङ्गे पुल नै प्रमुख माध्यम थियो। तर पछिल्ला वर्षहरूमा सवारी सञ्चालन हुने सडक निर्माण पछि पुलमार्फत हुने यातायात पूर्णरूपमा बन्द हुँदै गएको थियो। लामो समयदेखि प्रयोग नहुँदा पुल जिर्ण बनेका कारण यसको संरक्षण र मर्मतको आवश्यकता झनै बढेको स्थानीयवासीले बताउँदै आएका थिए। ऐतिहासिक महत्व बोकेको उक्त पुललाई सुरक्षित राख्दै पैदल आवागमनलाई सहज बनाउन सभासद चौहानको पहलमा मर्मत कार्य औपचारिक रूपमा प्रारम्भ भएको जीटीए स्रोतले जनाएको छ। सडक सुविधा रहे पनि छोटो दूरीका लागि झोलुङ्गे पुल स्थानीयवासीका लागि सहज विकल्प भएको बताउँदै उनीहरूले मर्मतपछि थप सुविधा पाउने विश्वास व्यक्त गरेका छन् स्थानीयवासीले ऐतिहासिक सम्पदाको संरक्षणमा देखाइएको सक्रियताको लागि सभासद चौहान तथा जीटीएप्रति आभार प्रकट गरेका छन्।

Share this news
आजको रोजाइ
न्यायपालिका हाम्रो पुराना कानूनहरूको संरक्षक हुनु पर्छ

न्यायपालिका हाम्रो पुराना कानूनहरूको संरक्षक हुनु पर्छ

बक्सिङ्गको राष्ट्रिय च्याम्पियनशिपमा जिल्लाले गौरव बढाएको छ

बक्सिङ्गको राष्ट्रिय च्याम्पियनशिपमा जिल्लाले गौरव बढाएको छ

सरकारी योजना सम्बन्धी सचेतना कार्यक्रम पुग्यो चुङथाङ

सरकारी योजना सम्बन्धी सचेतना कार्यक्रम पुग्यो चुङथाङ

ट्रम्पको आरोप– ‘शान्ति प्रस्तावमा हस्ताक्षर गर्न जेलेन्स्की अझै तयार छैनन्’

ट्रम्पको आरोप– ‘शान्ति प्रस्तावमा हस्ताक्षर गर्न जेलेन्स्की अझै तयार छैनन्’

जापानको उत्तरपूर्वमा ७.६ म्याग्निच्युडको भूकम्प, हजारौँ विस्थापित

जापानको उत्तरपूर्वमा ७.६ म्याग्निच्युडको भूकम्प, हजारौँ विस्थापित

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा

आजको रोजाइ