GTA begins repair of British-era bridge connecting Marma-Dhaje

जीटीएद्वारा मरम-धजे जोड्ने ब्रिटिसकालीन पुल मर्मत प्रारम्भ

Share this news

जोरबङ्लो सुकेपोखरी खण्ड अन्तर्गत पोख्रेबोङ ग्राम पञ्चायात तीनको धजे बस्ती तथा मिरिक महकुमा मरमा चियाबारीलाई जोड्ने ऐतिहासिक ब्रिटिसकालीन झोलुङ्गे पुलको मर्मत कार्य शुरु भएको छ। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका सभाध्यक्ष तथा नागरी धजे समष्टिका सभासद अञ्जुल चौहानको पहलमा जीटीएको माध्यमबाट पुल मर्मत कार्य अघि बढाइएको हो। ब्रिटिसकालमा धजे र मरमाबीचको आवागमनका लागि यो झोलुङ्गे पुल नै प्रमुख माध्यम थियो। तर पछिल्ला वर्षहरूमा सवारी सञ्चालन हुने सडक निर्माण पछि पुलमार्फत हुने यातायात पूर्णरूपमा बन्द हुँदै गएको थियो। लामो समयदेखि प्रयोग नहुँदा पुल जिर्ण बनेका कारण यसको संरक्षण र मर्मतको आवश्यकता झनै बढेको स्थानीयवासीले बताउँदै आएका थिए। ऐतिहासिक महत्व बोकेको उक्त पुललाई सुरक्षित राख्दै पैदल आवागमनलाई सहज बनाउन सभासद चौहानको पहलमा मर्मत कार्य औपचारिक रूपमा प्रारम्भ भएको जीटीए स्रोतले जनाएको छ। सडक सुविधा रहे पनि छोटो दूरीका लागि झोलुङ्गे पुल स्थानीयवासीका लागि सहज विकल्प भएको बताउँदै उनीहरूले मर्मतपछि थप सुविधा पाउने विश्वास व्यक्त गरेका छन् स्थानीयवासीले ऐतिहासिक सम्पदाको संरक्षणमा देखाइएको सक्रियताको लागि सभासद चौहान तथा जीटीएप्रति आभार प्रकट गरेका छन्।


Share this news
आजको रोजाइ
गोर्खा जनपुस्तकालयद्वारा दुई आजीवन सदस्यको निधनमा श्रद्धाञ्जली सभा

गोर्खा जनपुस्तकालयद्वारा दुई आजीवन सदस्यको निधनमा श्रद्धाञ्जली सभा

खरसाङ महकुमा अस्पताल परिसरमा आगो लाग्यो

खरसाङ महकुमा अस्पताल परिसरमा आगो लाग्यो

80 वर्षीय वृद्धले 25 वर्षदेखि मतदान गर्न पाएनन्

80 वर्षीय वृद्धले 25 वर्षदेखि मतदान गर्न पाएनन्

लोकसभामा प्राइभेट मेम्बर बील ल्याइने सांसदलाई विधायकको सुझाउ

लोकसभामा प्राइभेट मेम्बर बील ल्याइने सांसदलाई विधायकको सुझाउ

रोहिणी रोडमा मोटर बाईक दुर्घटनामा एकको मृत्यु एक घाइते

रोहिणी रोडमा मोटर बाईक दुर्घटनामा एकको मृत्यु एक घाइते

ब्लुमिङ याङगाङ २०२५ याङगाङ बजारमा भव्यरुपमा उद्घाटन

ब्लुमिङ याङगाङ २०२५ याङगाङ बजारमा भव्यरुपमा उद्घाटन

सिक्किम मिल्क युनियनले मनायो डा. भर्गीज कुरियन जयन्ती

सिक्किम मिल्क युनियनले मनायो डा. भर्गीज कुरियन जयन्ती

वार्ड नं. ३ लोअर बजार, रङपोको लागि बैठक: डब्ल्युएलसी गठन

वार्ड नं. ३ लोअर बजार, रङपोको लागि बैठक: डब्ल्युएलसी गठन

सिक्किमका प्रथम प्रहरी अधिकृत लाल बहादुर प्रधान

सिक्किमका प्रथम प्रहरी अधिकृत लाल बहादुर प्रधान

कोरोनेशन ब्रिजको विकल्पको टेन्डर डिसेम्बर, २०२५ भित्र लिइने

कोरोनेशन ब्रिजको विकल्पको टेन्डर डिसेम्बर, २०२५ भित्र लिइने