Ajay Edwards rally Darjeeling
Ajay Edwards rally Darjeeling

अजय एडवडर्सलाई घूम जोरबंगलाको जनताद्वारा भब्य स्वागत

Share this news

राज्यमा जोसुकैले सरकार गठन गरोस् तर हामी सबैसंग डिप्लोमेसी सम्बन्ध राख्छौ, डिप्लोमेसी भनेको दासत्व स्वीकार्नु होइन। यो भनाई अजय एडवडर्सको हो।इण्डियन गोर्खा जन शक्ति फ्रण्ट,ले दार्जीलिङ पहाडको तीनवटा आसनहरूसंग संगै तराईको आसनहरूमा पार्टी उम्मेद्वार उठाएको छ। जसमा दार्जीलिङ विधानसभा आसनबाट पार्टीले अजय एडवडर्सलाई चूनावमा उठाएको छ। अजय एडवडर्सले आफ्नो चुनावी प्रचार प्रसारलाई तीव्र रूप दिन्दै आएका छन्।यसैक्रममा आज उनले घूम जोरबंगला समष्टिमा आफ्नो चुनावी प्रचार प्रसार गरे। यस अवधि उनलाई स्थानीय बासिन्दाहरूले श्रद्धा लगाउँदै भब्य स्वागत जनाए।

जोरबंगला ट्राफिकबाट मानिसहरूलाई सम्बोधन गर्ने क्रममा राज्यमा जोसुकैले सरकार गठन गरोस् तर हामी सबैसंग डिप्लोमेसी सम्बन्ध राख्छौं अनि डिप्लोमेसी भनेको दासत्व नभएको अजय एडवाडर्सले बताए। पहाडको नेताहरूले ठूल्ठूलो कुराहरू हाँक्छ तर मदेशमा एउटा उम्मेद्वार समेत उठाउन सक्दैन। तर इण्डियन गोर्खा जन शक्ति फ्रण्टले तराईहरूको विधानसभा आसनहरूमा पनि पार्टी उम्मेद्वार उठाएको छ।

सिलगढीको विधान मार्केट, हिल कार्ड रोड, गुरूङ बस्ती,दप्रधान नगर आदि क्षेत्रहरूमा पनि अब गोर्खाको झण्डा फर्फराउँदैछ।विहारी, मारवाडी समुदायलाई बीजेपी काम लाग्दैन, देशको चुनाव अर्को चुनाव हो, त्यो चूनावमा म विहारी, मारवाडी समुदायलाई अनुरोध पनि गर्दिन। तर अब हुँदै गरेको चुनाव विधानसभाको चुनाव हो, तपाईंहरूको अमित शाह यहाँ आएर तपाईंहरूसंग भला कुसारी गर्दैनन्, तपाईंहरूलाई अजय एडवडर्सकै प्रतिनिधि चाहिएको हो, त्यसको लागि म आफै उभिएको हो एडवडर्सले बताए।ठूल्ठूलो राजनैतिक पार्टीहरूले भोजपूरी समुदायलाई टिकट दिएको थिइन। तर इण्डियन गोर्खा जन शक्ति फ्रण्टले सिलगढीमा भोजपूरी समुदायलाई टिकट दिएको अजय एडवडर्सले बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ