मिलन मोडमा विराट हिन्दु सम्मेलन सम्पन्न 

Share this news

सकल हिन्दु समाज, मिलन मोड, सिलगढीद्वारा मिलन मोड फुटबल मैदानमा आइतबार विराट हिन्दु सम्मेलनको आयोजन गरिएको थियो। समारोहमा अध्यक्ष अनि प्रमुख अतिथि, विशिष्ट अतिथिहरूद्वारा आशनग्रहण गरिएपछि दीप प्रज्ज्वलन अनि भारत माताको तस्बिरमा माल्यार्पण गरिएको थियो। क्रमशः त्रिवेणी संस्कृत विद्यापीठका विद्यार्थीहरूले स्वस्थी वाचन गरिएपछि सचिव सुबास शर्माले स्वागत भाषण गरेका थिए। यसै गरि कृष्ण कमल रायले शिव तान्डव नृत्य गरेपछि सङ्गीता महतोले नृत्य गरेकी थिइन्। यसरी नैकोलाबारी ग्राम सुधार समितिबाट आदिवासी नृत्य गरिएको थियो। तृष्णा शर्माले भक्ति गीत गाएको कार्यक्रममा अजय छेत्रीले आध्यात्मिक गीत गाएका थिए भने राजेन सुवेदीले कार्यक्रमको विवरण प्रस्तुत गरेका थिए।

केशव गौडिय मठका भक्ति वेदान्त सज्जन महाप्रभुले मुख्यरुपमा आध्यात्मिक प्रवचन प्रस्तुत गरेका थिए। यसै गरि मानव उत्थान सेवा समिति, उत्तरपूर्वी क्षेत्र सिलगढीकी अध्यक्ष महात्मा दीपिका बाइजीले पनि आध्यात्मिक प्रवचन प्रस्तुत गरेकी थिइन्।

Grand Hindu Conference concluded in a spirit of unity

विश्वकर्मा समाज, सिलगढीका जीवन गजमेरले आफ्नो मन्तव्य राखेको समारोहमा पन्डित अनन्त शास्त्रीले आरती सञ्चालन गरेका थिए। लीलाराम गौतम र प्रदीप खतिवडाद्वारा सञ्चालन गरिएको समारोहमा टीकाप्रसाद शर्माले अध्यक्षीय भाषण राखेका थिए। यो सम्मेलन सफलतापूर्वक सम्पन्न हुनुमा कार्यकारी समितिका सचिव सुबास शर्मा, सहसचिव रबिन शर्मा, कोषाध्यक्ष पीयूष गुप्ता, सपन शर्मा, सदस्यहरू नगेन्द्र धमला,पुष्पाराज सुवेदी, विन्यस उराउ, शर्मिला शर्मा, सेवा समितिका सम्पूर्ण सदस्यहरूलगायत मिलन मोड क्षेत्रका गण्यमान्य व्यक्तित्वहरूको विशेष भूमिका रहेको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ