भोटले गोर्खाल्याण्ड हुँदैन:अनित थापाले

Share this news

दार्जीलिङ, 4 जनवरी(निसं): दार्जीलिङको सदर 1 समष्टि, माउण्ट भ्याली,नर्थ पोइन्टमा आयोजित गोर्खा सुधार सम्मेलन भवनको आधिकारिक शिलान्यास कार्यक्रममा उपस्थित गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) का प्रमुख कार्यपाल अनित थापाले भनेका छन्, भोटले गोर्खाल्याण्ड हुँदैन, यसपटक आफ्नो हितका लागि मतदान गर्नुपर्छ।
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) का प्रमुख कार्यपाल अनित थापाले शनिबार समारोहमा गोर्खा सुधार सम्मेलनको तीनतले सार्वजनिक भवनको निर्माणकार्यको विधिवत् शिलान्यास गरेका।
दार्जीलिङ ञ्जिनियरिङ डिभिजन मार्फत सञ्चालन हुने यो परियोजनाको कुल लागत 1 करोड 4 लाख 57  हजार 63 रहेको समाज भवनको शिलान्यास  कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए प्रमुख कार्यपाल अनित थापाले आगामी चुनावमा गोर्खाल्याण्डको मागलाई भोटको आधारमा जोड्न नहुने तर्क गर्दै जनतालाई आफ्नो हितका लागि भोट हाल्न आह्वान गरे। उनले भने,चुनाउ जितेर गोर्खाल्याण्ड हुँदैन। हामीले बीजेपी-लाई भोट दिएर चुनाउ जिताएर कहिले पनि गोर्खाल्याण्ड हुनेछैन। तसर्थ यसपालिको चुनावमा भोट आफ्नो निम्ति हाल्नुपर्छ।
शिलान्यास सम्बोधनका क्रममा थापाले दार्जीलिङ्ग पहाडको राजनीतिक चेतना र विकासका पक्षमा आठ बुँदागत विचार व्यक्त गरे। नेतृत्वको उपलब्धि हेरेर अपेक्षा राख्नुपर्छ भन्दै भने,हिजोको दिन कुनै नेताहरुले यो समाज भवन बनाएनन्। आज मेरो समयमा भवन निर्माण हुँदैछ। अब मलाई भोट दिनु भनेर म भन्दिन।
तर म चाहन्छु पहाडको हरेक व्यक्तिले विचारको परिवर्तन गरोस्। पहाड बिग्रियो भनेर अरूलाई गाली गर्नु होइन तर हामीलाई आत्मचिन्तनको आवश्यकता छ  भन्दै थापाले भने,पहाड बिगार्ने हामी नै थियौं।
यसको जिम्मेवारी हामीले आफै लिनुपर्छ। हामीलाई विरोध गरेर अनि अरूको आलोचना गरेर केही फाइदा हुँदैन।चुनाउ समय बारम्बार उठ्ने गोर्खाल्याण्डको मुद्दाको वास्तविकता बताउँदै उनले थपे, भोट हालेर गोर्खाल्याण्ड कहिले हुँदैन।
यो प्रमाण भई सकेको छ। अब चुनाउ आउँदैछ। गोर्खाल्याण्डको कुरा हुँदैछ। केन्द्रले चाह्यो भने गोर्खाल्याण्ड आफै हुन्छ। हामीले बीजेपीलाई भोट दिएर चुनाउ जिताएर कहिले पनि गोर्खाल्याण्ड हुनेछैन। जीटीए एउटा राज्य अन्तर्गतको व्यवस्था हो, अनि यसलाई सञ्चालन गर्न राज्यसँग सहकार्य नै पर्ने आफ्नो अडान माथि जोड दिँदै उनले भने, म राज्य सरकारसँग मिलेर नै काम गर्छु। म मिलेन भने मेरो मान्छेले दुःख पाउँछ।
अरू नेताहरुले राजनीतिक पूर्वाग्रहको कारण राज्यकाे आलोचना गर्छन्। अरू नेताहरुले राज्य सरकार सँग मिल्छु भन्नु सक्दैन। कारण उनीहरुले भन्ने बित्तिकै उनीहरूले भोट पाउँदैनन्। हाम्रो दिमागमा बंगाल विरोधी सोच हाली दिएको छ। त्यसै कारण हामी बंगाल विरूद्ध गाली बक्छौ।
तर बंगाललाई किन गाली गरेको भनेर सोध्नु होस् कारण बिना नैं हामी गाली गरिरहेका छौं।
राज्यप्रतिको दृष्टिकोण सही रहे हामीलाई फाईदा हुनेछ भन्दै उनले भने, जुन राज्यमा हामी बस्छौ, त्यो राज्य अनि राज्यको सरकारलाई आफ्नो दुश्मन बनाएर हामीलाई फाइदा हुन्छ र?
उनले भने, यस वर्ष 2026 को चुनाउ नजिकिँदै छ। थापाले चुनावी अपिल गर्दै भने, यसपालिको चुनावमा हामीले हाम्रो निम्ति भोट हाल्नु पर्छ। मलाई भोट दिनु नै पर्छ भन्ने होइन।
तर अनित थापालाई भोट दिनुहुन्छ भने मेरो काम हेर्नुपर्छ। मेरो उपलब्धि हेर्नुहोस्। मैले आन्दोलन गरेर कुर्सीमा आएको होईन। मैले चुनाउ जितेर कुर्सीमा आएको हुँ। म पहाडको जनताकाे निम्ति एउटा आशा हुँ। उनीहरूको मनमा बसेको एउटा आशाको किरण हुँ। त्यसैले उहाँहरूको आशालाई म धमिल्याउन चाहान्न।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ