गोर्खाल्याण्ड सजिलै होइन संघर्षले मात्र सम्भव: सीसीएसएस

Share this news

दार्जीलिङ,15 जुन(निसं): गोर्खाल्याण्ड राज्य कुनै पनि हालतमा सजिलै पाइने कुरा होइन। यदि त्यो सजिलै प्राप्त भयो भने, त्यसले आफ्नो मूल्य गुमाउँछ। त्यो साँचो गोर्खाल्याण्ड हुनेछैन,जटिल समस्यको संघर्षले मात्र गोर्खाल्याण्ड हासिल गर्न सकिन्छ भनी सेपरेट स्टेट कोअर्डिनेसन कमिटी(सीसीएसएस)-का चन्दन परियारले भनेका छन्। सेपरेट स्टेट कोअर्डिनेसन कमिटी(सीसीएसएस)-का चन्दन परियारले भनेका छन्,। गोर्खाल्याण्ड यस्तो सपना हुनुपर्छ जसको कल्पना गर्दा नै डर लागोस्। यस्तो सपना जसले राजनीतिक दल, नेता र संगठनहरूलाई यसको नाम लिनु अघि नै सोच्न बाध्य बनायोस्। त्यो यात्रा सजिलो होइन, त्यो यात्रा दुर्गम छ, पीडादायक छ, र कहिलेकाही त असम्भवजस्तै लाग्छ। यो त्यस्तो लक्ष्य हो जसलाई मनले भन्छ, नजाऊ, बाटो कठिन छ, र मुटुले सम्झाउँछ, त्यहाँ पुग्न बलिदान दिनु पर्छ, सायद ज्यान पनि गुमाउन सक्छौं। परियारले अझ भनेका छन्, तर जब सबैको अन्तर्मनले भन्नुपर्छ, कति गाह्रो भए पनि गोर्खाल्याण्ड प्राप्त गर्छु, तब बुझ्नुपर्छ, यो सपना सस्तो छैन। यो ती सपूतहरूको सपना हो जसले त्याग गरे, र उनीहरुका पाइला पछ्याउने साहस  सबैभित्र हुनुपर्छ।यदि कुनै कुरा बिना संघर्ष, बिना बलिदान सजिलै प्राप्त हुन्छ भने, त्यो गोर्खाल्याण्ड हुनै सक्दैन। यसैवीच परियारले भनेका छन्, पहिचान र अधिकारको आवाजमा यो बाँचेको जीवनका सम्झनाहरू केवल जीवनको प्रतिबिम्ब होइन, सबैले यो संसारका लागि गरेका कामहरूको स्मरण हुनु पर्छ।सम्झनाहरू जोखिएको जोखिम वा सुरक्षित निर्णयहरूको तथ्यांक हुनु हुँदैन, बरु ती सम्झनाहरू यस्तो पुस्तक जस्तै हुनुपर्छ, जुन साहसी निर्णय र लिइएका जोखिमले भरिएको होस्, यस एक जीवनमा तब मिल्छ छुट्टै राज्य गोर्खाल्याण्ड।उनले भनेका छन्,सबैले आफ्नो जन्म नियन्त्रण गर्न सकेका थिएनौं। कुन धर्म, जात वा परिवारमा जन्मियौ त्यो रोजेका थिएनौं। कुन स्कूल वा कलेजमा पढ्यौ, त्यो पनि होइन, परिवारको परिस्थितिले तय गरेको थियो। केही पनि कसैको हातमा थिएन, यसैले होला गोर्खा भएर जन्मियौ,किनकी गोर्खा वीर र पराक्रमी हुन्छ, जसले संघर्ष गरेर आफ्नु अधिकार लिने गर्छ।

Share this news
आजको रोजाइ
रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

आजको रोजाइ