गोर्खाल्याण्ड पुल जनताले राखेका नाम र यो कुनै पोलिटिकल स्टण्ड होइनः आईजीजेएफ

Share this news

खरसाङ,  (मोहन प्रसाद)ः तुङसुङ चिया बगानमा हालैमा बनाइएको गोर्खाल्याण्ड नामक पुल कुनै राजनितिक दलले बनाएको होइन, उक्त पुल त्यस क्षेत्रका जनताले बनाएका हुन्‌‍, जनताले गोर्खाल्याण्ड नाममा कुनै पोलिटिकल स्टण्ड गरेका होइनन्‌‍। जसले पनि पोलिटिकल स्टण्ड रहेको कुरा गरिरहेका छन्‌‍, तिनीहरूले उक्त कुरा बुझ्नु पर्छ भनी इण्डियन गोर्खा जनशक्ति फ्रण्टका केन्द्रीय कार्यकारिणी समिति सदस्य नर्बु छिरिङले मन्तव्य प्रकट गरेका छन्‌‍।
खरसाङ्मा हिमालय दर्पणसित बोल्दै नर्बु छिरिङले बताए अनुसार, गत 8 दिसम्बरको बेलुकी जुन प्रकारले पश्चिम बंगालको आबकारी विभागले दार्जीलिङ्को एउटा हेरिटेज रेस्टुरेन्टको बारलाई सील गऱ्यो, साथै त्यसको एक दिन अघि मात्र उक्त बारका मालिक अनि इण्डियन गोर्खा जनशक्ति फ्रन्टका प्रमुख संयोजक अजय एडवर्ड्सको बाहुली बाट तुङ्सुङ चिया बगानमा गोर्खाल्याण्ड नामक पुलको उद्घाटन भएको थियो, यी सबै घटनाक्रम हेर्दा, लक्ष्य गरेर नै बारलाई सील गरिएको देखिएको अनि बुझिएको छ।
तिनले थप जनाए अनुसार, उक्त घटनाको भत्सर्ना केवल तिनको पार्टीका सदस्यहरूले वा समर्थकहरूले मात्र गरिरहेका छैनन्‌‍ तर सामाजिक सञ्जाल मार्फत भाजपा दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामा, अखिल भारतीय गोर्खा लीग सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले, व्यक्ति विशेषहरूले, संघ-संस्थाहरूले उक्त घटनाको भत्सर्ना गरिरहेका छन्‌‍।
तिनले यो पनि बताए कि पुलको नाम गोर्खाल्याण्ड राख्दा कसैलाई आपत्ति नहुनु पर्ने हो । छुट्टै राज्य गोर्खाल्याण्ड पहाड़वासीको भिजन हो, सबैको मुटुको धड्कन हो। त्यति मात्र होइन्‌‍ पहाड़मा जुन जीटीए नामक स्वायत्त प्रशासन चलिरहेको छ, उक्त स्वायत्त प्रशासन केन्द्र, राज्य साथै यहाँको राजनीतिक दल गोर्खा जनमुक्ति मोर्चा माझ सम्झौता अनुरुप गठन भएको हो। उक्त स्वायत्त प्रशासन जीटीएमा स्वयं गोर्खाल्याण्ड शब्द रहेको छ। गोर्खाल्याण्ड कुनै असंवैधानिक शब्द वा मांग होइन। यो एउटा संवैधानिक मांग हो।
यस बाहेक कतिपयले विधानसभा चुनाव अघि गोर्खाल्याण्डको नाममा पुलको उद्घाटन गर्नु अनि पुलबाट गोर्खाल्याण्ड नारा लगाउनु एउटा पोलिटिकल स्टण्ड रहेको मन्तव्य प्रकट गरिरहेका छन्‌‍। तिनीहरूले बुझ्नु पर्छ कि उक्त पुलको नाम गोर्खाल्याण्ड त्यस क्षेत्रका मानिसहरूद्वारा राखिएको हो। जनताले पोलिटिकल स्टण्ड गरेका होइनन्‌‍। पहाड़का मानिसहरूको एउटा मात्र प्रमुख मांग गोर्खाल्याण्ड हो । वर्तमानमा चुनाव अघि गोर्खाहरूको राजनीतिक समस्या समाधान गर्नलाई केन्द्र सरकारद्वारा इण्टरलोक्युटर पहाड़मा पठाउने व्यावस्था भइरहेको छ। अर्थात्‌‍ चुनाव अघि गोर्खाल्याण्डको नारा अथवा गोर्खाल्याण्डको नाममा पुल कुनै पोलिटिकल स्टण्ड वा कसैलाई ठेस लाग्ने विषय होइन। गोर्खाल्याण्ड पहाड़वासीको दीर्घकालीन एउटा संवैधानिक मांग हो ।
जुन सिङ्गिङ बारको वैध कागज पत्र नरहेको कुरा भइरहेको छ, यस्ता सिङ्गिङ बार पहाड़ अनि समतलमा धेरै रहेका छन्‌‍। यस्ता सिङ्गिङ बारको सहयोगमा स्थानीय कलाकारहरूलाई कलाको क्षेत्रमा प्रोत्साहन गर्ने कार्य गरेको हुन्छ । दार्जीलिङ्को एउटा हेरिटेज बारलाई सील गर्न आबकारी विभागले कुनै कारण देखाए पनि उक्त समग्र घटनाको क्रमले यही दर्शाएको छ कि लक्ष्य गरेर नै बार सील गरिएको हो । यस्तो कार्य नगर्नु पर्ने थियो । उक्त घटनाको घोर भत्सर्ना गर्दै उक्त घटनाले आफूहरू दुखी रहेको तिनले बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ