गोर्खा ट्राइबल डिमाण्ड कमिटीको एक प्रतिनिधि टोलीले इण्टरलोक्युटर पंकज कुमार सिंहसित भेट गऱ्यो

Share this news

खरसाङ,  (निसं)ः गोर्खा ट्राइबल डिमाण्ड कमिटीको एक प्रतिनिधि टोलीले इण्टरलोक्युटर पंकज कुमार सिंहसित डुवर्सको चाल्सामा भेट गऱ्यो। दीर्घ दिनदेखि गोर्खा समुदायको जनजातिको मागलाई केन्द्र सरकारले अदेखा गरेको कारण गोर्खा समुदाय निरास भएको गुनासो गर्दै यस विषयमा केन्द्र सरकारले उचित कदम चाल्न पर्ने आवश्यकता रहेको गोर्खा ट्राइबल कमिटीको टेलीले इन्टरलोक्युटर समक्ष कुरा राखे। बंगाल सरकारले अघिबाटै जनजातिको मुद्दालाई सिफारिस गरेर केन्द्र सरकारमा प्रेषित गरिसकेको इन्टरलोक्युटरलाई अवगत गराउदै धेरै पटक केन्द्र सरकारको गृह मन्त्रालय, आरजीआई कहाँ गोर्खा समुदायको भाषा, धर्म, संस्कार, संस्कृति, भेषभुसा, परम्परा लगायतका विषयहरूमा दस्तावेजहरू बुझाइएको जानकारी गराए। प्राप्त जानकारी अनुसार जनजातिको मागलाई शिघ्र पुरा गरिदिन कार्य गर्ने केन्द्र सरकारको इन्टरलोक्युटर पंकज कुमार सिंहलाई प्रष्ट शब्दामा टोलीले माग राख्यो। गोर्खा ट्राइबल डिमाण्ड कमिटीका प्रतिनिधि टोलीमा सभापति एसएन प्रधान, उपसभापति कलावती गुरुङ, अनिल मंगर, टेक बहादुर सुनवार, सचिव प्रशान्त थुलुङ, कोषाध्यक्ष सानू खवास सामेल रहेका थिए।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ