GNLF Women Committee Darjeeling
GNLF Women Committee Darjeeling

गोरामुमो दार्जीलिङ सदर–२ समष्टिमा गोर्खा राष्ट्रिय नारी मोर्चा गठन

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) ले आफ्नो संगठनात्मक विस्तार अभियानलाई तीव्र बनाउँदै विभिन्न क्षेत्रहरूमा संगठन सुदृढीकरण कार्यलाई निरन्तर अघि बढाइरहेको छ। पार्टीका मिडिया सेल प्रभारी दिनेश साम्पाङका अनुसार यसै अभियानअन्तर्गत दार्जिलिङ सदर–२ समष्टिमा गोर्खा राष्ट्रिय नारी संगठन (गोरानासं) को नयाँ समष्टि समिति गठन गरिएको छ।

दार्जिलिङ ब्राञ्च कमिटी अध्यक्ष एम. जी. सुब्बाको प्रमुख उपस्थितिमा समष्टिका सचिव उत्तम मुखिया द्वारा संचालन गरिएको उक्त संगठनात्मक सभामा गोरानासं केन्द्रीय समिति अध्यक्षा मणिकला तामाङ, केन्द्रीय समिति प्रवक्ता वाई. लामा, समष्टि अध्यक्ष शिशिर राई, केन्द्रीय समिति मूल सचिव पुरण राई, दार्जिलिङ ब्राञ्च कमिटीका प्रतिनिधिहरू तथा सदर–२ समष्टिका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सभाले सर्वसम्मत निर्णयमार्फत गोर्खा राष्ट्रिय नारी संगठन, दार्जिलिङ सदर–२ समष्टि समितिको गठन गर्दै निम्न पदाधिकारीहरू चयन गरेको छ:
अध्यक्षा: छोडेन मोक्तान
उपाध्यक्षा: मनु प्रधान
सचिव: निमा डोल्मा शेर्पा

नवनिर्वाचित पदाधिकारीहरूलाई गोरानासं केन्द्रीय समिति अध्यक्षा मणिकला तामाङले खादा ओढाएर बधाई तथा शुभकामना व्यक्त गरिन्। उनले नवगठित समितिले महिला सशक्तीकरण, संगठन विस्तार तथा पार्टीको सिद्धान्तलाई जनस्तरसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। गोरामुमोले महिला सहभागितालाई अझ सशक्त बनाउँदै संगठनलाई आधारस्तरसम्म विस्तार गर्ने अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ