GNLF Women's Committee Meeting
GNLF Women's Committee Meeting

समथार ग्राम प.को सुरुक शाखामा गोर्खा राष्ट्रिय नारी संगठन स्थापित

Share this news

कालेबुङको २४ नम्बर समष्टि- गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) कालेबुङ २४ नम्बर समष्टि अन्तर्गत समथार ग्राम पञ्चायतको सुरुक शाखामा गोर्खा राष्ट्रिय नारी संगठनको शाखा कमिटी गठन गरिएको छ। उक्त जानकारी समष्टि अध्यक्ष श्री दिनेस भुजेलले दिएका हुन्।

संगठनलाई अझ सशक्त र सक्रिय बनाउने उद्देश्यले आयोजित सभामा महिला नेतृत्वलाई विशेष प्राथमिकता दिँदै नयाँ शाखा कमिटी गठन गरिएको हो। सभाले सर्वसम्मत निर्णयमार्फत कृष्णमाया भुजेललाई शाखा अध्यक्षा, देविका भुजेललाई उपाध्यक्ष, रुबि भुजेललाई सचिव तथा फुलमाया राईलाई कोषाध्यक्ष पदमा चयन गरेको छ। यसका साथै सभाले २१ सदस्यीय कार्यकारिणी समिति पनि गठन गरेको जनाएको छ। नवगठित कमिटीले गाउँस्तरमा संगठनलाई अझ मजबुत बनाउँदै महिला सहभागिता र सामाजिक कार्यलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरिएको छ।

सभामा उपस्थित नेताहरूले गोरामुमो तथा गोर्खा राष्ट्रिय नारी संगठनलाई जनताको भावना र अधिकारसँग जोडेर अघि बढाउन सबै सदस्यहरूलाई एकताबद्ध भएर कार्य गर्न आह्वान गरेका थिए। यसअघि कालेबुङ २४ नम्बर समष्टि अन्तर्गत कफेर–काङ्गेबुङ ग्राम पञ्चायत क्षेत्रमा गोर्खा राष्ट्रिय नारी संगठन (गोरानासं) को नयाँ शाखा समिति सर्वसम्मतिले गठन गरिएको छ। सुमित्रा पाख्रीनको अध्यक्षतामा सम्पन्न संगठनात्मक सभामा महिलाहरूको सक्रिय सहभागितामार्फत संगठनलाई अझ सशक्त र प्रभावकारी बनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको थियो। सभामा नारी संगठनको भूमिका अझ सुदृढ गर्दै सामाजिक तथा राजनीतिक क्षेत्रमा महिलाको नेतृत्व विस्तार गर्नुपर्नेमा जोड दिइयो।

नवनिर्वाचित कफेर–काङ्गेबुङ गोरानासं शाखा समितिको अध्यक्षमा मञ्जु गुरुङ चयन भएकी छन्। त्यसैगरी उपाध्यक्षमा अनु तामाङ, सचिवमा डोल्मा तामाङ, सह-सचिवमा आछुमलो लोहटा तथा कोषाध्यक्षमा समिता तामाङ चयन भएका छन्।

समितिका प्रमुख सल्लाहकारहरूमा सरिता तामाङ, हर्किमाया तामाङ, पूर्णिमा राई, पवित्रा राई, सुमित्रा तामाङ, मञ्जु तामाङ, डिकी शेर्पा, मीना तामाङ, अञ्जु राई र लक्ष्मीमाया राई चयन भएका छन्।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै उपस्थित वक्ताहरूले कफेर–काङ्गेबुङ क्षेत्रमा गोरानासंले महिला सशक्तीकरणसँगै गोरामुमोको संगठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ