गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको सुके पोखरी खण्ड कमिटीको गरियो गठन

Share this news

जे के राईको अध्यक्षतामा सम्पन्न भएको सभामा गोरामुमो सुके मानेभञ्ज्याङ समष्टि अध्यक्ष अशोक बराइलीको प्रमुख उपस्थिति रहेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। सुके ब्लक अन्तर्गत १६ वटा ग्राम पञ्चायतका तीन जना सदस्यहरुलाई ६० जनाको सुकिया ब्लक खण्ड समिति गठन गरिएका छन्। सभामा सर्वसम्मतिले  अध्यक्ष पदमा हेमराज सुब्बा लाई चयन गरिएका छन् । उपाध्यक्षमा प्रीतम तामाङ, निर्मल चन्द्र राई , सचिन राई महासचिवमा नर्बु शेर्पा, सह-सचिवमा निर्मल राई मनदिप थापा, जे के राई , कोषाध्यक्षमा नेत्रप्रसाद शर्मा, नर्बु छिरिङ , तामाङ, निशान भारती , प्रमुख सल्लाहकारमा रुस्तम छेत्री , सुवास गुरुङ, गणेश छेत्री ,अरुण राई , अशोक बराइली , निगम कार्की , रन्जु तामाङ भुपेन गुरुङ , रन्जिता सुब्बा , रोशन राई, सुवास खवास , मणि मोक्तान अनि बिगत थापालाई सर्वसम्मतिले चयन गरेको आर के दर्नालले बिज्ञप्ति जारी गरेका छन् ।सुके सिमाना रोड सार्वजनिक भवनमा सम्पन्न भएको सभा पछि नव निर्वाचित सुके ब्लक कमिटी अध्यक्ष हेम राज सुब्बाले ब्लक कमिटी गठनको उद्देश्य बारे जानकारी दिदै भने , बिगतको दिनहरुमा सुके ब्लक अन्तर्गत ग्राम पन्चायतहरुमा आएको बिकासको योजनाहरु सहि ढंगले नभएको साथै कमिसन अनि भ्रष्टाचारहरु भएको धेरै घटनाहरु छन् । यी सबैलाई मध्यनजर गर्दै अब उसो सरकार बाट जनताको निम्ति आएका विभिन्न बिकासका परियोजनाहरु सहि ढंगले भ्रष्टाचार मुक्त भएर जनता सम्म पुग्न सकोस् । चाडैंनै गोरामुमो सुके ब्लक कमिटीले खण्ड बिकास अधिकारीलाई पनि भेटघाट गर्ने हेम राज सुब्बाले जानकारी दिएका छन् । आगमी दिनमा सुके ब्लक बाट जतिको बिकासको कार्यहरु हुनेछ त्यसमा गोरामुमोले कडा निगरानी राख्नेछौ भनी हेमराज सुब्बाले जनाएका छन्। यो भन्दा पहिला गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको भ्रातृ संगठन गोर्खा राष्ट्रिय नारी संगठन (गोरानासं) खर्साङ ब्राञ्च कमिटी विधिवत् रूपमा गठन गरिएको छ। संगठन गठन सम्बन्धी महत्वपूर्ण बैठक शाखा सभापति श्रीमती सुधा सुब्बाको अध्यक्षतामा सम्पन्न भएको थियो।बैठकमा तिनधारे–सुकुना, पंखाबारी–गिद्धपहाड, खर्साङ तथा टुङ–सोनादा गरी चारवटा समष्टिका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। संगठनलाई थप सुदृढ, गतिशील तथा जनमुखी बनाउने उद्देश्यका साथ सम्पन्न बैठकले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरेको हो।नवगठित समितिको सभापतिमा श्रीमती सुधा सुब्बा चयन हुनुभएको छ भने उपसभापतिहरूमा श्रीमती सङ्गीता सुब्बा, श्रीमती उमा लामा तथा सुश्री प्रेरणा राई चयन हुनुभएको छ। त्यसैगरी महासचिवमा श्रीमती माया गुप्ता, सह–सचिवहरूमा श्रीमती झोमा छेत्री र श्रीमती कुमारी बल, कोषाध्यक्षमा श्रीमती निमा ल्हामु शेर्पा (दुर्गी), सह–कोषाध्यक्षमा श्रीमती मुन्ना तामाङ तथा प्रेस तथा प्रकाशन प्रमुखमा सुश्री फुर्बा तामाङ चयन हुनुभएको छ। बैठकले संगठनलाई मार्गदर्शन प्रदान गर्ने उद्देश्यले सल्लाहकार पनि गठन गरेको छ। सल्लाहकारमा श्रीमती हेमा लामा, श्रीमती अमृता छेत्री, सुश्री कमला राई, श्रीमती प्रणीत गुरुङ, श्रीमती शान्ति लामा, श्रीमती रुफिना लामा, श्रीमती अनिता तामाङ तथा श्रीमती रत्ना प्रधान रहनुभएको छ।त्यसैगरी कार्यकारिणी सदस्यहरूमा श्रीमती बिमला तामाङ, श्रीमती सरिता तामाङ, श्रीमती रेनु, श्रीमती गङ्गा शर्मा, श्रीमती कंन्चन तामाङ , सुश्री कविता योन्जन श्रीमती मुनु थापा तथा श्रीमती निशा सुब्बा चयन हुनुभएको छ। पदेन सदस्यहरूमा श्रीमती कुमारी शर्मा, श्रीमती देवी सुब्बा, श्रीमती सुधा सेवा, श्रीमती सरस्वती राई, श्रीमती चम्पा छेत्री तथा श्रीमती शिला प्रधान रहनुभएको छ। बैठकले कुल ३२ सदस्यीय गोर्खा राष्ट्रिय नारी संगठन खर्साङ ब्राञ्च कमिटी गठन भएको औपचारिक घोषणा गर्दै संगठनलाई जमीनी स्तरसम्म विस्तार गर्ने, महिला सशक्तीकरणका कार्यक्रमहरूलाई प्राथमिकता दिने तथा पार्टीको संगठनात्मक अभियानलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। बैठकको अन्त्यमा नवगठित समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संगठनलाई एकताबद्ध, सक्रिय र जनउत्तरदायी रूपमा अगाडि बढाउने आह्वान गरिएको थियो।


Share this news
आजको रोजाइ
उत्तर बंगाल मौसम अपडेट: सिलिगुडीमा चट्याङसहित वर्षाको सम्भावना, गर्मी यथावत्

उत्तर बंगाल मौसम अपडेट: सिलिगुडीमा चट्याङसहित वर्षाको सम्भावना, गर्मी यथावत्

खान सर वकिलसँग पटना सिभिल कोर्ट पुगे अनि गरे आत्मसमर्पण

खान सर वकिलसँग पटना सिभिल कोर्ट पुगे अनि गरे आत्मसमर्पण

नयाँ राजनीतिक संस्कार बनाउँदै र नागरिक केन्द्रित शासन प्रणाली विकास हुँदै

नयाँ राजनीतिक संस्कार बनाउँदै र नागरिक केन्द्रित शासन प्रणाली विकास हुँदै

खान सर र रोशन आनन्द सर बीच कोचिङ विवादमा अचम्मलाग्दो खुलासा

खान सर र रोशन आनन्द सर बीच कोचिङ विवादमा अचम्मलाग्दो खुलासा

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको सुके पोखरी खण्ड कमिटीको गरियो गठन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको सुके पोखरी खण्ड कमिटीको गरियो गठन

टीएमसी प्रमुख ममता बनर्जीको सभामा 8 विधायक र 6 सांसद उपस्थित

टीएमसी प्रमुख ममता बनर्जीको सभामा 8 विधायक र 6 सांसद उपस्थित

सिटोङ लाटपञ्चर क्षेत्रका विभिन्न ठाउँमा विश्व पर्यावरण दिवस पालन

सिटोङ लाटपञ्चर क्षेत्रका विभिन्न ठाउँमा विश्व पर्यावरण दिवस पालन

सडक यातायात, राजमार्ग राज्यमन्त्री अजय टम्टाको सिक्किम राज्यको भ्रमण

सडक यातायात, राजमार्ग राज्यमन्त्री अजय टम्टाको सिक्किम राज्यको भ्रमण

घुँघरुको झंकारमा समर्पित जीवन : सुमीको कथक साधना

घुँघरुको झंकारमा समर्पित जीवन : सुमीको कथक साधना

रङबुल कृषि फार्ममा वृक्षारोपण र पर्यावरण सचेतना कार्यक्रम सम्पन्न

रङबुल कृषि फार्ममा वृक्षारोपण र पर्यावरण सचेतना कार्यक्रम सम्पन्न

आजको रोजाइ