गोर्खा राष्ट्रिय मुक्ति मोर्चाद्वारा प्रशान्तलाई श्रद्धाञ्जली 

Share this news

इन्डियन आइडल सिजन–३ का विजेता, सुप्रसिद्ध गायक तथा अभिनेता, दार्जीलिङ निवासी स्व. प्रशान्त तामाङको आकस्मिक निधनको दुःखद समाचारले गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अत्यन्तै मर्माहत तथा शोकाकुल भएको छ। उहाँको असामयिक निधनले दार्जीलिङ क्षेत्र मात्र होइन, सम्पूर्ण देशभर गोर्खा तथा भारतीय समाजमा गहिरो शोकको वातावरण सिर्जना भएको छ। स्व. प्रशान्त तामाङले आफ्नो अद्वितीय स्वर, अथक परिश्रम र अनुशासित जीवनशैलीमार्फत भारतीय सांगीतिक जगतमा विशिष्ट पहिचान स्थापित गर्नुभएको थियो। इन्डियन आइडलजस्तो प्रतिष्ठित राष्ट्रिय मञ्चबाट विजय हासिल गर्दै उहाँले दार्जीलिङ र गोर्खा समुदायको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो। संगीत र अभिनय दुवै क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदान सधैं स्मरणीय रहनेछ।

उहाँ केवल एक सफल कलाकार मात्र नभई सरल, विनम्र र अनुकरणीय व्यक्तित्वका धनी हुनुहुन्थ्यो। उहाँको निधनले सांगीतिक क्षेत्रले मात्र होइन, सम्पूर्ण समाजले एक अमूल्य प्रतिभाशाली व्यक्तित्व तथा सांस्कृतिक गौरव गुमाएको छ।

यस अत्यन्तै दुःखद घडीमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा स्व. प्रशान्त तामाङप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ तथा शोकसन्तप्त परिवारजन, आफन्तजन र शुभचिन्तकहरूप्रति गहिरो शोक समवेदना व्यक्त गर्दछौं। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै यो अपूरणीय क्षति सहन सक्ने धैर्य र शक्ति परिवारजनलाई प्राप्त होस् भनी हार्दिक प्रार्थना गर्दछौं।

स्व. प्रशान्त तामाङको योगदान, संघर्ष र स्मृति सधैं हाम्रो हृदय र इतिहासमा अमर रहनेछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ