सेमी फाइनलमा वरियर एफसी झारखण्ड अनि शहीद रहमान एफसीमाझ भिड़न्त

Share this news

खरसाङ,  (निसं)ः खरसाङ फुटबल एसोसिएशनद्वारा जीटीएको खेल अनि युवा मामिला विभागको सहयोगमा आयोजित चौथो गोर्खा चेली महिला फुटबल टुर्नामेन्ट 2026 को चौथो क्वार्डर फाइनल खेल सम्पन्न भयो। चाममारी खेल मैदानमा 25 फरवरीदेखि सम्पन्न भइरहेको यस टुर्नामेन्टको चौथो क्वार्टर फाइनल खेल बुधवार शहीद रहमन एफसी कलकत्ता अनि नेपालको इलाम एफसीमाझ खेलियो। यस खेलको पहिलो हाफमा शहीद रहमनकी सुष्मिता हेम्ब्रेनले गोल गरेर आफ्नो दललाई एक गोलले अघि बनाइन्‌‍। खेलको दोस्रो हाफमा दुवै दलका खेलाड़ीहरूले आफ्नो उत्कृष्ट खेलको प्रदर्शन गर्दै खेलेर विपक्षका गोल पोष्टमा गोल गर्ने प्रयास गरे तापनि दुवै दलका खेलाड़ीहरूले कुनै गोल गर्न सकेनन्‌‍। यस प्रकार यो खेल शहीद रहमन एफसी कलकत्ताले शुन्यको विरुद्ध एक गोलले जित्यो।

शहीद रहमन एफसीको भिड़न्त आगामी 6 मार्च शुक्रवारको दिन स्टार वारियर झारखण्डसित सेमीफाइनलमा हुनेछ। चौथो क्वार्टर फाइनलको उत्कृष्ट खेलाड़ीको रुपमा शहीद रहमन एफसीकी खेलाड़ी लाखी हासदालाई तिनको उत्कृष्ट खेल प्रदर्शनको निम्ति चयन गरियो। तिनले यस खेलमा अतिथिको रुपमा उपस्थित रहेका केएसएका उपाध्यक्ष फूर्बा घिसिङ्को बाहुलीबाट पारितोषिक अनि उत्कृष्ट खेलाड़ीको ट्रफी प्रदान गरियो। इलाम एफसीका दल प्रबन्धकलाई खेलमा सहभागी जनाएकोमा हिरेन तिखत्रीकेो बाहुलीबाट स्मृति चिन्ह प्रदान गरी सम्मान जनाउदै बिदाई गरियो।

खेलको सञ्चालन हिल्स रेफेरीस एसोसिएसनका रेफेरीहरू प्रतीक गुरुङ, रेबिका प्रधान, प्रमोद प्रधानले गरेका थिए भने फोर्थ अफिसियलको रुपमा शिशिर राई अनि म्याच कमिश्नर इन्द्र पी लामा अनि रोशन गुरुङ रहेका थिए।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ