Sunil Chettri Attack Assam
Sunil Chettri Attack Assam

विधानसभाको गोर्खा उम्मेद्वार सुनील छेत्रीमाथि प्राण घातक हमला

Share this news

असमको नौदुवार विधानसभाको गोर्खा उम्मेद्वार सुनील छेत्रीमाथि प्राणघातक हमला गरिएको छ। भारतीय गोर्खा परिसङ्घले घोर निन्दा गर्दै कार्वाहीको माग गरेको छ। असम विधानसभाका गोर्खा उम्मेद्वार सुनिल छेत्रीमाथि भएको प्राणघातक हमलाप्रति भारतीय गोर्खा परिसंघ गम्भीर रूपमा स्तब्ध र आक्रोशित भएको छ। यस्तो कायरतापूर्ण तथा लोकतान्त्रिक मूल्य–मान्यतामाथि सीधा प्रहार गर्ने घटनाको परिसंघले घोर निन्दा गर्दछ। प्राप्त जानकारी अनुसार नौद्वारको नपाम बाइपास सामु सुनील छेत्री माथी विरोधी शिविर ले हमला गरेको आशंका गरिएको छ। यस आक्रमणको योजनामा भाजपा उम्मेद्वार संलग्न रहेको आरोप लाग्नु अत्यन्तै चिन्ताजनक र निन्दनीय विषय हो।

श्री सुनिल छेत्री भारतीय राष्ट्रिय कांग्रेसका उम्मेद्वारका रूपमा असम विधानसभाको निर्वाचनमा प्रतिस्पर्धा गरिरहनु भएको छ। उहाँ आग्सुका निवर्तमान सभापति हुनुको साथ एक प्रभावशाली युवा नेता हुनुहुन्छ, जसले लामो समयदेखि गोर्खा समुदायको पहिचान, अधिकार र सशक्तिकरणका लागि सक्रिय नेतृत्व प्रदान गर्दै आउनुभएको छ। हाल उहाँ आफ्नो निर्वाचन क्षेत्रमा व्यापक जनसमर्थनका साथ सशक्त चुनावी अभियानमा संलग्न हुनुहुन्छ, जहाँ उहाँको सीधा प्रतिस्पर्धा भाजपाका वर्तमान विधायक श्री पद्मा हजारिकासँग भइरहेको छ। उहाँको जनसम्पर्क अभियानले स्थानीय मतदातामाझ सकारात्मक ऊर्जा र परिवर्तनको अपेक्षा जगाएको देखिन्छ। यस्तो अवस्थामा, एक लोकप्रिय उम्मेद्वारमाथि प्राणघातक हमला हुनु लोकतन्त्रको लागि गम्भीर खतरा हो।

घटनाको निन्दा गर्दै भारतीय गोर्खा परिसंघ असम प्रदेशका मूल सचिव नन्द किराती देवान भन्नु हुन्छ ‘ हामी यस घटनाको कडा निन्दा गर्दछौं साथै यस घटनाको रचयिताहरू माथि तुरुन्तै कार्वाही सहित सुनील छेत्रीलाई अधिक सुरक्षा दिनु माग गर्दछ। भारतीय गोर्खा परिसंघ सम्बन्धित निकायहरूसँग तत्काल निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही, तथा उम्मेद्वारको सुरक्षाको सुनिश्चितताको माग गर्दछ। सम्पूर्ण राजनीतिक दलहरूलाई संयमता अपनाउँदै स्वस्थ र शान्तिपूर्ण निर्वाचन वातावरण कायम गर्न आग्रह गर्दछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ