खरसाङ, (निसं)ः गोर्खा जनपुस्तकालयले 34 औँ नेपाली भाषा मान्यता दिवसको अवसरमा आयोजित एक कार्यक्रम बीच विभिन्न तहको परीक्षामा अनि विभिन्न विषयमा उत्कृष्ट अंक प्राप्त गरी उत्तीर्ण भएका विद्यार्थीहरूलाई शैक्षिक योग्यता पुरस्कार प्रदान गरेको छ। पुस्तकालय भवनमा बुधवार आयोजना गरिएको कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, कार्यक्रम अध्यक्ष अनि पुस्तकालय कार्यकारिणी समितिका पदाधिकारीहरूको बाहुलीबाट ती पुरस्कारहरू प्रदान गरिएको हो। 2025 को माध्यमिक परीक्षामा खरसाङ टप्पर आवर्तन शर्मालाई एबी सुब्बा अनि बीआर सुब्बा शैक्षिक योग्यता स्मृति पुरस्कार 2025 प्रदान गरियो, तिनले 80.4 अङ्क प्राप्त गरी मामरिङ तोऱ्योक उच्चत्तर माध्यमिक विद्यालयबाट माध्यमिक उत्तीर्ण गरेका थिए। यस पुरस्कारका प्रायोजक खरसाङ्को निम्न डुमाराम निवासी सुब्बा परिवारका सदस्यहरू रहेका छन्। माध्यमिक परीक्षामा प्रथम भाषा नेपाली टप्पर आस्था सुब्बालाई सुस्मिता बस्नेत अनि मेघा मोक्तान स्मृति शैक्षिक योग्यता पुरस्कार 2025 प्रदान गरियो, आस्था सुब्बाले नेपालीमा 99 प्रतिशत अङ्क प्राप्त गरेर सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयबाट परीक्षा उत्तीर्ण गरेकी थिए। यस पुरस्कारका प्रायोजक दार्जीलिङ्का प्रा. अजीत बस्नेत, खरसाङ्को सिरुबारीका मान मोक्तान रहेका छन्। 2025 को माध्यमिक परीक्षामा गणित विषयमा टप्पर रिवाङ लामालाई खरसाङ्को नयाँ बजार निवासी एसबी थापा प्रायोजित शैक्षिक योग्यता पुरस्कार 2025 प्रदान गरियो। रिवाङ लामाले 90 प्रतिशत अंक प्राप्त गरेर सन्त अल्फन्सस् उच्चतर माध्यमिक विद्यालयबाट माध्यमिक परीक्षा उत्तीर्ण गरेका थिए। 2025 माध्यमिक परीक्षामा जीव विज्ञान विषयमा टप्पर अनन्या पात्रलाई प्रायोजक इन्दिरा थापा गुरूङ अनि परिवारद्वारा प्रायोजित बीरबहादुर थापा अनि धनमाया स्मृति शैक्षिक योग्यता पुरस्कार 2025 प्रदान गरियो, पात्रले जीव विज्ञानमा 90 प्रतिशत अङ्क प्राप्त गरी पड्खाबारी उच्च माध्यमिक विद्यालय विद्यालयबाट माध्यमिक परीक्षा उत्तीर्ण गरेका थिए। 2025 उच्चतर माध्यमिक टप्पर अंशु गुप्तलाई एबी सुब्बा अनि बीआर सुब्बा स्मृति शैक्षिक योग्यता पुरस्कार 2025 प्रदान गरियो। गुप्तले 91 प्रतिशत अंक प्राप्त गरी पुष्परानी रोय मेमोरियल उच्चत्तर माध्यमिक विद्यालयबाट उच्चत्तर माध्यमिक परीक्षा उत्तीर्ण गरेकी थिए। यस पुरस्कारको प्रायोजक खरसाङ्को निम्न डुमाराम निवसी सुब्बा परिवारका सदस्यहरू रहेका छन्। 2025 को उच्चतर माध्यमिक परीक्षामा नेपाली भाषामा टप्पर इशा सुब्बालाई शिवकुमार राई स्मृति शैक्षिक योग्यता पुरस्कार 2025 प्रदान गरियो। तिनले नेपालीमा 94 प्रतिशत अङ्क प्राप्त गरेर दिलारामको सन्त जेभियर्स उच्चत्तर माध्ममिक विद्यालयबाट परीक्षा उत्तीर्ण गरेका थिए। यस पुरस्कारको प्रायोजक खरसाङ्को सुवेदार बस्ती निवासी निरङ्कर थापा हुन्। 2025 को उच्चतर माध्यमिक परीक्षामा अर्की नेपाली टप्पर विद्यार्थी स्वीकृति बराइलीलाई पनि शिवकुमार राई शैक्षिक योग्यता पुरस्कार प्रदान गरियो। बराइलीले पनि नेपाली भाषा विषयमा 94 प्रतिशत अङ्क प्राप्त गरेर सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालयबाट परीक्षा उत्तीर्ण गरेकी थिए। 2024 मा दार्जीलिङ पोलिटेक्निक संस्थानबाट डिपलोमा परीक्षा (अन्तिम सत्र) टप्पर स्वस्थानिका छेत्रीलाई स्व. काजीबहादुर प्रधान बज्राचार्य अनि स्व. कर्णमाया प्रधान बज्राचार्य स्मृति शैक्षिक योग्यता पुरस्कार 2025 प्रदान गरियो। तिनले 84 प्रतिशत अङ्क प्राप्त गरेर दार्जीलिङ पोलिटेक्निक संस्थान, खरसाङबाट डिप्लोमा उत्तीर्ण गरेका थिए। यस पुरस्कारको प्रायोजक खरसाङ्को पाण्डु पथ निवासी डिकबहादुर प्रधान बज्राचाय हुन्। 2024 मा उत्तरबङ्गाल विश्वाविद्यालयबाट स्नातक नेपाली सम्मान परीक्षामा टप्पर मन्दिरा राउतलाई पारसमणि प्रधान शैक्षिक योग्यता पुरस्कार 2025 प्रदान गरियो। तिनले नेपालीमा 82.67 प्रतिशत अङ्क प्राप्त गरेर दार्जीलिङ सरकारी महाविद्यालयबाट परीक्षा उत्तीर्ण गरेकी थिए। यस पुरस्कारको प्रायोजक खरसाङ्को निम्न डुमाराम निवासी तिलक शर्मा हुन्। 2024 मा खरसाङ महाविद्यालयबाट स्नातकोत्तर नेपाली टप्पर प्रियङ्का देवानलाई ज्योतिदेवी बल स्मृति शैक्षिक योग्यता पुरस्कार 2025 प्रदान गरियो, तिनले 56.06 प्रतिशत अङ्क प्राप्त गरेर खरसाङ महाविद्यालयबाट परीक्षा उत्तीर्ण गरेकी थिए। यस पुरस्कारको प्रायोजक खरसाङ्को भानुटोल निवासी जीबी हुन्। पुरस्कारको रुपमा नगद राशि अनि प्रमाण पत्र प्रदान गरिएको थियो। कार्यक्रमको अध्यक्षता पुस्तकालयका अध्यक्ष रवीन कुमार प्रधानले गरेका थिए भने मुख्य अतिथिको रुपमा प्रा. योगेश खाती रहेका थिए अनि विशिष्ट अतिथिको रुपमा खरसाङ नगरपालाकि प्रशासनिक बोर्ड अध्यक्ष वृगेन गुरुङ, उपाध्यक्ष सुवास प्रधान, मामरिङ तोऱ्योक उच्चतर माध्यमिक विद्यालयका प्रधान अध्यापक किरण तामाङ रहेका थिए।
