GNLF Political Meeting Darjeeling
GNLF Political Meeting Darjeeling

रिम्बिक–लोधोमा समष्टिमा गोरामुमोको सांङ्गठनिक सभा सम्पन्न 

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा ले संगठनलाई अझ सुदृढ बनाउने उद्देश्यले विभिन्न समष्टिहरूमा निरन्तर सांङ्गठनिक गतिविधि सञ्चालन गरिरहेको छ। यसैक्रममा दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत रिम्बिक–लोधोमा समष्टिमा आज एक महत्वपूर्ण सांङ्गठनिक सभा सम्पन्न भएको जानकारी पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले दिएका छन्।

उक्त सभामा केन्द्रीय समिति सदस्य सन्दिप लिम्बू, दार्जीलिङ ब्राञ्च कमिटीका उपाध्यक्ष गाइस सुब्बा, गोरानासं दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्षा बसुन्धारा प्रधान, समष्टि प्रतिनिधिवर्ग तथा गोरामुमो कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सभामा वक्ताहरूले समष्टिलाई अझ बलियो बनाउन सबैलाई साथमा लिएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। जाति र माटोको हितका निम्ति सम्पूर्ण गोर्खा समुदाय एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै नेताहरूले गोरामुमोको आन्दोलन जनताको अधिकार र पहिचानको पक्षमा रहेको बताएका थिए।

आफ्नो सम्बोधनका क्रममा सन्दिप लिम्बूले भने, “अब चाँडै नै गोर्खाहरूको आँगनमा न्यानो घाम लाग्नेछ र गोर्खा समुदायको सुनौलो भविष्य कोरिनेछ।” साथै उनले भाजपा गठबन्धन दलका उम्मेदवारलाई बहुमूल्य मत दिएर विजयी बनाएकोमा समष्टिका जनता तथा गोरामुमो कार्यकर्ताप्रति धन्यवाद तथा आभार व्यक्त गरेका थिए।

त्यसैगरी बसुन्धारा प्रधानले गोरामुमो एक अनुशासित राजनीतिक दल भएको उल्लेख गर्दै संस्थापक अध्यक्ष सुवास घिसिङ को राजनीतिक सिद्धान्तलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताइन्। उनले सत्ता परिवर्तनभन्दा व्यवस्था परिवर्तनको पक्षमा गोरामुमो दृढ रहेको उल्लेख गर्दै सुवास घिसिङले गोर्खा जातिको निम्ति देखेको सपना अब पूरा हुने विश्वास व्यक्त गरे।

योभन्दा पहिला तकदाह क्लब साइडका युवाहरुले गोरामुमोलाई समर्थन गर्दै, संगठन विस्तारमा उत्साह देखाएका छन्। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) प्रति युवाहरुको आकर्षण निरन्तर बढ्दै गएको छ। यसैक्रममा तकदाह टिस्टा भेल्ली समष्टि अन्तर्गत तकदाह क्लब साइड क्षेत्रका युवाहरुले गोर्खा जातिको राजनीतिक मुद्दा तथा अधिकारको पक्षमा उभिँदै गोरामुमो पार्टीलाई समर्थन जनाएका छन्।

समर्थन कार्यक्रममा सहभागी युवाहरुले गोर्खा समुदायको अस्तित्व, पहिचान र स्थायी राजनीतिक समाधानका लागि गोरामुमोले उठाउँदै आएको मुद्दाप्रति विश्वास व्यक्त गरेका थिए। साथै आगामी दिनमा समष्टिका अझ धेरै युवाहरुले पार्टीलाई समर्थन गर्ने कार्यक्रम रहेको जानकारी पनि दिइएको छ।

उक्त कार्यक्रममा तकदाह टिस्टा भेल्ली समष्टिका सभापति सुदेश राई, समष्टि सचिव प्रमित राई, पुबोंग शाखाका सभापति श्याम थापा लगायत अन्य पार्टी सदस्यहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित नेताहरूले युवाशक्तिको सहभागिताले संगठन अझ सशक्त बन्दै गएको बताउँदै गोर्खा समाजको अधिकार र भविष्यका लागि युवाहरुको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गरे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ