लोवर लामाहट्टामा गोरामुमोको साङ्गठनिक प्रतिनिधि सभा सम्पन्न

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो साङ्गठनिक बिस्तार लाई तिब्रता दिंदै समष्टिहरुमा सांङ्ठनिक सभाको आयोजना गरिरहेका छन्। यसैक्रममा गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत रहेका तकदाह ग्लेनवर्ण समष्टि, लप्चु पेशोक समष्टि, अनि तकदाह टिस्टा भेल्ली समष्टिको प्रतिनिधिवर्गलाई लिएर संयुक्त सांङ्ठनिक सम्पन्न भएको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। गंगा बहादुर छेत्रीको अध्यक्षतामा लोवर लामाहट्टामा सम्पन्न भएको सांङ्ठनिक सभालाई तेन्जिङ भुटियाले संचालन गरेका थिए ।

गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष एम जी सुब्बाको प्रमुख उपस्थितिमा गोरानासं दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्षा बसुन्धारा प्रधान, केन्द्रीय समिति मुल सचिव पुरण राई, केन्द्रीय समिति कार्यलय सचिव अमर तामाङ, दार्जीलिङ ब्राञ्च कमिटी उपाध्यक्ष गाइस सुब्बा, हेम शरण प्रधान, ब्राञ्च कमिटी सदस्यगण, समष्टि प्रतिनिबर्ग अनि समष्टिका भ्रातृ संगठनका प्रतिनिधिवर्गको उपस्थिति रहेको सांङ्ठनिक सभालाई एम जी सुब्बाले सम्बोधन गर्दै भने, आजको सभाको उद्देश्य भनेको समष्टिलाई बलियो, संगठन बिस्तार अनि जनसम्पर्कको निम्ति हो समष्टिले आफ्नो क्षेत्रमा पार्टीका भ्रातृ संगठन, कार्यकर्ताहरुलाई एकसुत्रमा बाधेर कार्य गर्नु पर्ने एम जी सुब्बाले दिशानिर्देशन दिएका छन्। समष्टिको जनताहरुलाई बर्तमान गोर्खाहरुको यथार्थ राजनैतिक परिवेश अनि मुद्दा माथी जानकारी दिने दिने दायित्व समष्टिको हो। अहिलेको बजारको हल्ला माथि विश्वास नगर्ने, गोरामुमो सदेव मुद्दा माथि केन्द्रित रहेको र गोर्खाहरुको राजनैतिक स्थायी समाधान भारतको संविधानको प्रावधान अनुरुप जबसम्म भारत सरकारले मुख खोल्दैन तब सम्म नानाथरीको कुरामा भुलिनु हुँदैन।

गोरामुमोले पार्टी अध्यक्ष मन घिसिङको नेतृत्वमा गोर्खाहरुको निम्ति आफ्नो धर्म निभाइसकेका छन् यसकारण आत्तिनु हुँदैन भारत सरकारले अवश्य न्याय दिन्छ हामी सफल हुन्छौं भनी एम जी सुब्बाले साङ्गठनिक सभालाई सम्बोधन गर्ने क्रममा बताए।

Share this news
आजको रोजाइ
गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

आजको रोजाइ