गोरामुमो मिरिकको सभामा संगठन सुदृढीकरणमाथि महत्वपूर्ण निर्णय

Share this news

गोरामुमो मिरिक ब्रान्च कमिटीको आकस्मिक सभा सम्पन्न, संगठन सुदृढीकरण र सदस्यता प्रक्रियामाथि महत्वपूर्ण निर्णय गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिरिक ब्रान्च कमिटीको एक महत्वपूर्ण आकस्मिक सभा आज मिरिकस्थित ब्रान्च कार्यालयमा ब्रान्च अध्यक्ष महेन्द्र खडकाको सभापतित्वमा सम्पन्न भयो। सभामा संगठन सुदृढीकरण, सदस्यता विस्तारको प्रक्रिया तथा भावी राजनीतिक रणनीतिबारे व्यापक छलफल गरिएको जानकारी प्राप्त भएको छ।
सभामा ब्रान्च कमिटीको तर्फबाट सौरेनी समष्टिका प्रतिनिधि दिपक गजमेर र मिरिक समष्टिका विशाल सुब्बालाई मिरिक ब्रान्च कमिटीको सह-सचिव पदको जिम्मेवारी प्रदान गरिएको छ। त्यस्तै ब्रान्च सचिवलाई मिडिया प्रभारीको अतिरिक्त जिम्मेवारी सुम्पिएको छ भने गोरायुमो मिरिक ब्रान्च कमिटीका सचिव निश्चल थापालाई ब्रान्च प्रवक्ताको रूपमा चयन गरिएको छ।

आजको सभामा पार्टीमा नयाँ सदस्यता प्रदान गर्ने विषयमा पनि महत्वपूर्ण निर्णय गरिएको छ। सभाले शाखा तथा समष्टिको अनुमोदनबिना कसैलाई पनि प्रत्यक्ष रूपमा पार्टीमा सामेल नगराइने र सम्बन्धित शाखाबाट प्राथमिक अनुमोदन प्राप्त गरेपछि मात्र सदस्यता प्रदान गरिने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। सभामा सहभागी विभिन्न समष्टिका पदाधिकारीहरूले संगठनलाई अझ मजबुत बनाउँदै नयाँ सदस्यहरूलाई व्यवस्थित ढंगले पार्टीमा समावेश गर्नुपर्ने धारणा व्यक्त गरे। वक्ताहरूले शाखास्तरबाट नै सदस्यता प्रक्रिया निर्धारण गरिनुपर्नेमा जोड दिएका थिए। साथै विपक्षी गतिविधिमा संलग्न रहेका बागी नेता तथा कार्यकर्ताहरूको विषयमा तत्काल कुनै प्राथमिकता नदिने अडान समेत सभामा व्यक्त गरिएको थियो।

सभामा सौरेनी समष्टि अध्यक्ष डी.बी. तामाङ, सचिव दिपक गजमेर, तराई समष्टि अध्यक्ष कर्ण प्रधान, मिरिक समष्टि अध्यक्ष प्रसित राई, डुप्टिन समष्टिका ज्ञानदास सुब्बा तथा वरिष्ठ सदस्य डीबी घिसिङलगायतले संगठनात्मक विषयमा आ-आफ्ना गम्भीर सुझाव प्रस्तुत गरेका थिए। त्यस्तै एचपीडब्लुयु मिरिक ब्रान्च अध्यक्ष आरएस देवान र जीएनडब्लुओकी अर्पणा भारतीले पनि संगठनलाई सशक्त बनाउने विषयमा महत्वपूर्ण मन्तव्य राखेका थिए।

सभामा ब्रान्च अध्यक्ष महेन्द्र खडका, भुपू सैनिक संगठनका केन्द्रीय उपाध्यक्ष समिर तामाङ, भुपू सैनिक संगठन मिरिक ब्रान्च अध्यक्ष अशोक गोले, गोरायुमो मिरिक ब्रान्च अध्यक्ष रुचन राई, ब्रान्च सदस्यहरू तथा विभिन्न शाखा–समष्टिका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। मिरिक ब्रान्च कार्यालय सचिव सहदेव रनपहेलीले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ