गोरामुमो भारतभरिका गोर्खाहरुको मुद्दालाई चिन्हित गर्ने दल हो

Share this news

बिधानसभा चुनाव भनेको एकजना बिधायकको निम्ति हो, गोरामुमो भनेको भारत बर्ष भरि बसोबास गर्ने गोर्खाहरुको मुद्दालाई चिहिनित गर्ने अनि इमानदारी पुर्वक लैजाने दल भएको गोरामुमो कालेबुङको दावि।

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा कालेबुङले आफ्नो पार्टी कार्यालय औपचारिक रुपमा उट्घाटन गरेको छ। केन्द्रीय समिति सदस्य लोप्साङ तामाङको अध्यक्षतामा सम्पन्न भएको सभामा केन्द्रिय समिति सदस्य सबास्टिन प्रधान, ब्लक २ का अध्यक्ष मणिकुमार खवास लगायत गोर्खा राष्ट्रिय युवा मोर्चा कालेबुङ ब्राञ्च कमिटीका अध्यक्ष, उपाध्यक्ष , सचिव अनि कार्यकारिणी सदस्यहरुको उपस्थितिमा पार्टी कार्यालयको उट्घाटन भएको गोरायुमो कालेबुङ ब्राञ्च कमिटी अध्यक्ष बुद्ध तामाङले जानकारी दिएका छन् ।पत्रकारहरुले सोधिएको प्रश्नको उत्तर दिंदै बुद्ध तामाङले भने, बिधानसभा चुनावलाई हेरेर हामीले पार्टी कार्यलय खोलेको होइन।

बिधानसभा चुनाव भनेको एकजना बिधायकको निम्ति हो , गोरामुमो भनेको भारत बर्ष भरि बसोबास गर्ने गोर्खाहरुको मुद्दालाई चिहिनित गर्ने अनि इमानदारी पुर्वक लैजाने दल हो। पार्टी अध्यक्ष मन घिसिङको निर्देशन अनुसारनै अगि बड्नेछौ । कार्यलय खोल्नुको उद्देश्य भनेको पार्टीको सांङ्ठनिक बिस्तारको निम्ति हो ।

गोरामुमो सुवासवाद भनेर जन्मिएको दल बारे प्रश्नको उत्तर दिदै बुद्ध तामाङले भने, वहाँहरु टीएमसी बाट आएको हो अहिले सम्म टीएमसी बाट वहाँहरुले राजिनामा दिएको छैन । गोरामुमोले छैटौं अनुसूचीको माध्यम बाट गोर्खाल्ताण्ड सम्म पुग्ने बाटो बनाएको हो । अहिले वहाँहरुले छैटौं अनुसूची भन्दैछन्। वहाँहरुले आफ्नो पार्टी खोल्नु सक्छ। तर आफ्नो छुट्टै पार्टी किन खोल्नु सकेनन् भनी बुद्ध तामाङले प्रश्न गर्दै भने, यहाँ जनतालाई दिगभ्रमित पारेर फाटो ल्याउने कार्य भइरहेको छ। यो खेल्ने त तल बाटै भइरहेछ। भारत सरकारले गोर्खाहरुको निम्ति न्याय दिने पक्षमा पुगिसकेका छन् यसकारण गन्ध पाए पछि र्‍याल चुहाउने प्रबृत्तिको कारणले गर्दा मात्र हो जनताले स्पष्ट रुपमा बुझिसकेका छ। सुवासवाद भन्छ भने २००७ मा पार्टी माथि संकट आइपर्दा सुवास घिसिङ माथि सरकार अनि यहाँको नेताहरुद्वारा डरलाग्दो षड्यन्त्र रची छैटौं अनुसुचीलाई बिगार्दा त्यस समय वहाँहरु कहाँ थिए? गोरामुमो भनेको क्याडरबेस्ड पार्टी हो। संकटको समयमा हामीले हजारौं यातना सहेर पार्टीलाई कार्यकर्ताहरुलाई समालेर राखेका थियौं त्यस समय वहाँहरु कहाँ थिए, वहाँहरु मौकावादी हुन् भनी बुद्ध तामाङले पत्रकारहरुलाई सम्बोधन गर्ने क्रममा बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ