GNLF Organizational meeting Darjeeling
GNLF Organizational meeting Darjeeling

गोरामुमो चुङथुङ-मारेबुङ-तामसाङ-लिङ्गे समष्टिको सांङ्ठनिक सभा सम्पन्न

Share this news

चुङ्थुङ–मारेबुङ–तामसाङ–लिङ्गे समष्टि अन्तर्गत तामसाङ शाखामा समष्टि अध्यक्ष जे.के. राईको सभापतित्वमा एक महत्वपूर्ण सांगठनिक सभा सम्पन्न भयो। सभाको सञ्चालन समष्टिका महासचिव डी.के. राईले गरेका थिए। सभामा समष्टिको संगठन विस्तार, हालै सम्पन्न पश्चिम बंगाल विधानसभाको चुनाव परिणाम तथा त्यसको राजनीतिक सन्दर्भमाथि विस्तृत समीक्षा गरिएको थियो। साथै, पार्टीमा नवप्रवेश गरेका सदस्यहरूलाई औपचारिक रूपमा स्वागत गरिएको थियो।

सभापछि समष्टि सचिव धनकुमार राईले जारी गरेको विज्ञप्तिमा हालै सम्पन्न पश्चिम बंगाल विधानसभाको चुनावमा भारतीय जनता पार्टीको ऐतिहासिक विजय तथा दार्जीलिङ पहाड, तराई र डुवर्स क्षेत्रमा गोर्खा उम्मेदवारहरूको उल्लेखनीय सफलताप्रति गोरामुमो एनडीएको घटक दल भएकोले सम्पूर्ण जनतालाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “यो विजय कुनै एक राजनीतिक दलको मात्र नभई सम्पूर्ण जनताको जीत हो। गोरामुमो अध्यक्ष मन घिसिङको नेतृत्वमा पार्टीले केन्द्रमा रहेको भाजपा सरकारसँग सुदृढ समन्वय कायम गरेको छ। गोर्खा समुदायले संवैधानिक प्रावधानअनुसार स्थायी राजनीतिक समाधानको अपेक्षासहित पहाडका तीनवटै निर्वाचन क्षेत्रबाट भाजपा गठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाएका हुन्।”

धनकुमार राईले सांसद राजु बिष्ट तथा भारत सरकारसँग गोर्खा समुदायको न्यायोचित माग सम्बोधन गर्न अब कुनै विलम्ब नगर्न आग्रह गरेका छन्। आजको सभामा हिमालयन प्लान्टेसन वर्कर्स युनियनका केन्द्रीय सचिव धिरज राई, समष्टि गोर्खा राष्ट्रिय नारी संगठन (गोरानासं) अध्यक्ष मन्दिरा राई, सचिव अर्पिता राई, समष्टिका प्रतिनिधिहरू तथा विभिन्न भ्रातृ संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ