Golden Jubilee celebration
Golden Jubilee celebration

लुविस अंग्रेजी स्कूलद्वारा भव्यरुपमा स्वर्ण जयन्ती पालन

Share this news

मिरिककाे प्रतिष्ठित लुविस अग्रेजी स्कूलले स्थापनाकाे पचास वर्षे स्वर्ण जयन्ती वर्षव्यापी पालन गर्ने क्रममा शुक्रबार अभिभावक अनि मिरिकका गण्यमान्य ब्यक्तिहरूलाई सहभागी गराई रङ्गारङ्ग साँस्कृतिक कार्यक्रम प्रस्तुत गरियाे। हिजो 24 सेप्टेम्बरमा अन्तर विद्यालय दाैड प्रतियोगिताको आयाेजना गरेकाे थियाे। शनिबार कार्यक्रम अन्तर्गत भूतपूर्व विद्यार्थी संगठनले विविध कार्यक्रम आयाेजना गर्ने भएको छ। शुक्रबार लुविस अग्रेजी स्कूलमा आयोजित रङ्गारङ्ग साँस्कृतिक कार्यक्रममा वर्तमानमा अध्यनरत विद्यार्थीहरूले गीत ,नृत्य आदि प्रस्तुत गरेर उपस्थित सबैलाई मनाेरन्जन प्रदान गरे। कार्यक्रममा जुबली गीत, मारूनी नृत्य, शास्त्रीय नृत्य लगायत अन्य नृत्यहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा कवि विचन्द्र लगायत पर्यावरणविद एलबी देवान, मिरिक उमाविका भूतपूर्व प्रधान अध्यापक गजेन्द्र गुरूङ, रसदल गाउँ जुनियर हाई स्कूलका शिक्षक प्रभारी अजम प्रधान ,सभासदहरू मिलेस राई, धुर्ब बम्जन लगायत धेरै विशिष्ट ब्यक्तिहरूकाे गरिमामय उपस्थिति रहेकाे थियाे। यस अवसरमा बाेल्दै स्कूलका संस्थापक निर्देशक लियाेनार्ड सुब्बाले लुविस अग्रेजी स्कूलकाे पचासाैं स्थापना दिवस भव्य अनि सभ्यरूपमा पालन गर्न पाउनु सुखद क्षण रहेकाे बताउँदै उक्त कार्यक्रमलाई भब्य बनाउन स्कूलका पूर्व विद्यार्थीहरूकाे सक्रियता र भूमिका अहम रहेकाे बताए।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आजको रोजाइ