गोरामुमो तीनधारे सुकना समष्टिको सांगठनिक सभा सम्पन्न

Share this news

तीनधारे, 30 जून (निसं)ः तीनधारेको वरिष्ठ नागरिक कल्याण संगठन भवनमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा तीनधारे सुकना समष्टिको एक सांगठनिक सभा समष्टि अध्यक्ष जेबी गुरुङको अध्यक्षतामा सम्पन्न भयो। सभालाई समष्टिको मूल सचिव प्रमोद थापाले स्वागत वक्तव्य राखेका थिए। सभामा समष्टि युवा एकाइका सभापति अमीत प्रधानले भने, हामी अनि हाम्रो पार्टी आर्थिक रूपमा कमी छौँ होला तर हाम्रो मनोबल उच्च छ। हामीसंग एउटा उद्देश्य छ । एउटा लक्ष्य छ। एउटा निश्‍चित मुद्दा छ। यसर्थ पार्टीलाई सुदृढ पार्न कम्बर कस्नुपर्छ।’सभालाई सभाध्यक्ष जेबी गुरूङले सम्बोधन गर्दै भने, आज हाम्रो पहाडको राजनैतिक समीकरणमा नौलो नौलो प्रयोग अनि परिवर्तन देखा पर्दैछ। एक सुनौलो घामको किरण यो गोर्खे आकाशमा उदाउने तर्खरमा रहेको छाँटकाँट भान भईरहेको छ। पहाडको सबै पार्टी एकै मुखे अनि एक स्वरमा भट्याउने भएको छ। तर सबै पार्टी आ-आफ्नो वर्चस्व कायम राख्न दौडधुप पनि गरिएको छ। हामी पनि यो दौडमा पछि पर्नु हुँदैन। हाम्रो पार्टीलाई सांगठनिक रूपमा सुदृढ पार्न तन-मन धनले लागि पर्नु पर्छ।’उनले हाम्रो पार्टीको संस्थापक अध्यक्ष अतुल्य सुवास घिसिङले देख्न भएको सपनालाई बिपना बनाउन सबै लागि पर्न निवेदन गर्दै सबैलाई सभामा उपस्थितिको निम्ति धन्यवाद ज्ञापन गरे। सभालाई समष्टि सह-सचिव सुमन गुरूङले सञ्चालन गरेका थिए। सभामा पार्टीको वरिष्ठ सदस्य जीएस लामा, शिला प्रधान, अनिता लामा अनि विभिन्न शाखाको प्रतिनिधिहरू उपस्थित थिए भनी गोरामुमो तीनधारे सुकना समष्टिको प्रचार प्रसार सचिव पूर्ण गुरूङले जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन