GNLF Party Meeting
GNLF Party Meeting

गोरामुमो पुल-बिजनबारी-गोक समष्टिको साङ्गठनिक सभा सम्पन्न

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत पुल-बिजनबारी-गोक समष्टिको विभिन्न शाखाका प्रतिनिधिबर्गलाई लिएर एक महत्वपूर्ण सांङ्ठनिक सभा सम्पन्न भयो। जसमा संगठन विस्तारलाई तीव्रता दिने निर्णय गरियो। उक्त जानकारी समष्टि अध्यक्ष अमोद लकान्द्रीले दिएका छन्। समष्टि उपाध्यक्ष गाइस सुब्बा, चैनपुरे ग्राम शाखा उपाध्यक्ष पेम्बा डुक्पा, समष्टि गोरानासं संयोजिका मेघ्ना राई तथा समष्टि महासचिव किरण राईको नेतृत्वमा सम्पन्न सभामा कम्जोर शाखा, अप्पर नेजि शाखा, लोवर नेजि शाखा, लोवर कोलबुङ तथा अप्पर कोलबुङ शाखाका प्रतिनिधिबर्गको उल्लेखनीय उपस्थिति रहेको थियो। सभामा संगठनलाई अझ सशक्त र सक्रिय बनाउने उद्देश्यसहित विभिन्न महत्वपूर्ण विषयहरूमाथि विस्तृत छलफल गरिएको थियो। विशेषगरी गाउँ-गाउँसम्म संगठन विस्तार, जनसम्पर्क अभियानलाई तीव्रता दिने तथा युवावर्गलाई पार्टीसँग जोड्ने विषयलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरिएको छ। त्यसै गरी, गोरामुमो अध्यक्ष मन घिसिङको नेतृत्वलाई अझ मजबुत बनाउँदै पार्टीको सांगठनिक आधारलाई जरो स्तरसम्म सुदृढ पार्न प्रत्येक शाखाले तत्काल सक्रिय रूपमा कार्य गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको छ। सभामा उपस्थित नेताहरूले संगठनलाई जनताको विश्वास र अपेक्षाअनुसार अघि बढाउँदै क्षेत्रीय अधिकार, पहिचान र जनहितका मुद्दाहरूलाई सशक्त रूपमा उठाइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ