गोर्खा जनमुक्ति मोर्चाद्वारा जीटीए प्रमुख कार्यपाल अनित थापा साथै जीटीएका शिक्षा विभागका सभासदको राजीनामाको मांग

Share this news

खरसाङ, (मोहन प्रसाद): गोर्खा जनमुक्ति मोर्चाद्वारा जीटीए प्रमुख कार्यपाल अनित थापा साथै जीटीएका शिक्षा विभागका सभासदको राजीनामाको मांग गरिएको छ।
गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिका अध्यक्ष योगेन्द्र राईले पत्रकारहरुसित बोल्दै बताए अनुसार बुधवार कलकत्ता उच्च अदालतले पहाड़का 313 जना शिक्षक नियुक्ति प्रक्रियालाई अवैध ठाहर गर्दै ती 313 जना शिक्षकहरूको नियुक्ति खारिज गरिएको छ, त्यसको सम्पूर्ण जवाफदेही जीटीए कार्यपाल अनित थापाको रहेको छ।
जीटीए कार्यपाल अनित थापाको कार्यकालमा यी 313 जना शिक्षकहरूको नियुक्ति भएको थियो । यस नियुक्तिमा अवैध रूपमा भाई-भतिजावाद, पार्टीका कार्यकर्ताहरूलाई चेप्ने वा अवैध रूपमा नियुक्ति दिने कार्य भएको थियो। तिनले यो पनि जनाए कि यसमा अवश्य योग्य स्वयं सेवी शिक्षकहरू पनि छन्‌‍ होला, जसले धेरै अघिदेखि विद्यालयमा एउटा स्वयंसेवीको रुपमा विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्दै आइरहेका थिए, तर आज जीटीए प्रमुख कार्यपाल अनित थापाको कार्यकालमा अवैध प्रकारले शिक्षकहरूलाई नियुक्ति गरिएको हुनाले ती योग्य शिक्षकहरूले पनि नकारात्मक परिणाम भोग्नु परिरहेको छ अनि तिनीहरूको भविष्यसँग खेलवाड़ भएको छ। यस परिस्थितिमा गोर्खा जनमुक्ति मोर्चाको तर्फबाट अवैध शिक्षक नियुक्तिमा अनित थापा जिम्मेवार रहेको कारण ठान्दै नैतिकताको आधारमा पनि जीटीए प्रमुख अनित थापाले कार्यपालको पदबाट राजीनामा दिनु पर्छ भनी योगेन्द्र राईले माग गरे।
केवल थापा मात्र होइन, जीटीए शिक्षा विभागका सभासदको पनि अवैध शिक्षक नियुक्तिमा हात रहेकोले, शिक्षा विभागका सभासदले पनि राजीनामा दिएको हुनुपर्छ भनी तिनले माग गरे ।
तिनले यो पनि बताए कि हालैमा कलकत्तामा महान फुटबल खेलाड़ी मेसिको आगमनको अवधि कलकत्ताको इडन गार्डनमा जुन नराम्रो परिस्थिति सृजना भएको थियो त्यसलाई मध्यनजर राख्दै नैतिकताको आधारमा, जुन प्रकारले पश्चिम बङ्गालका खेल विभागका मन्त्री अरुप विश्वासले नैतिकताको आधारमा मन्त्रीको पदबाट राजीनामा दिएका छन्‌‍, त्यसरी नै शिक्षा विभागका सभासद साथै जीटीए प्रमुख कार्यपाल अनित थापाले पनि 313 जना अवैध शिक्षकहरूको नियुक्ति खारिज भएकोमा नैतिकताको आधारमा राजीनामा दिएको हुनुपर्छ भनी माग गोर्खा जनमुक्ति मोर्चाले गर्दछ भनी तिनले जनाए ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ