GNLF Political Campaign
GNLF Political Campaign

गोरामुमो तक्दाह टिस्टा भेल्ली समष्टिको सांङ्ठनिक सभा सम्पन्न

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा तक्दाह टिस्टा भेल्ली समष्टिको एक महत्वपूर्ण सांङ्ठनिक सभा टिस्टा भेल्ली शाखा अन्तर्गत सजनी डाँडामा शाखा अध्यक्ष जे. के. सुब्बाको अध्यक्षतामा सम्पन्न भयो। सभामा समष्टि अन्तर्गत विभिन्न शाखा तथा भ्रातृ संगठनका प्रतिनिधिबर्गको उल्लेखनीय उपस्थिति रहेको थियो। सभामा समष्टिको संगठन विस्तार, पार्टीको भावी रणनीति तथा वर्तमान राजनैतिक परिस्थितिलाई लिएर व्यापक छलफल गरिएको जानकारी प्राप्त भएको छ। सहभागी प्रतिनिधिबर्गले जाति र माटोको उन्मुक्तिको निम्ति एकजुट भएर गोरामुमो अध्यक्ष मन घिसिङको नेतृत्वलाई अझ सशक्त बनाउँदै मुद्दालाई तार्किक निष्कर्षमा पुर्‍याउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्। यसैक्रममा समष्टि कमिटीको बैठक समेत बसेको थियो, जहाँ आगामी दिनमा अझ व्यापक राजनैतिक तथा जनमुखी कार्यक्रमहरू सञ्चालन गर्ने प्रस्ताव सभाले पारित गरेको बताइएको छ। उक्त सभामा समष्टि अध्यक्ष सुदेश राई, उपाध्यक्ष भुपेन्द्र लोप्चन, सचिव प्रनित राई, गोरानासं केन्द्रीय समिति सदस्या लिला देवी परियार, सह-सचिव योगेश गुरुङ, रोशन राई, पुबुङ शाखा अध्यक्ष श्याम थापा, पुरण राई, सि. के. लोप्चन लगायत विभिन्न भ्रातृ संगठनका सम्पूर्ण प्रतिनिधिबर्गको उपस्थिति रहेको थियो। सभाले संगठनलाई अझ सशक्त र जनआधारित बनाउँदै आगामी दिनमा पार्टी गतिविधिलाई गाउँ-गाउँसम्म विस्तार गर्ने दृढ संकल्प व्यक्त गरेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ