GNLF Political Meeting
GNLF Political Meeting

गोरामुमो मिरिक अध्यक्ष महेन्द्र खडका र टोलीले भेटे पुराना सदस्यहरूलाई

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिरिक ब्रान्च कमिटीका अध्यक्ष महेन्द्र खडका लगायत केही सदस्यहरूको टोलीले गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सौरेनी समष्टि अन्तर्गत खर्बानी शाखामा स्थानीय पुराना गोरामुमो सदस्यहरूसित भेटघाट गरे।उल्लेखनीय छ यो टोलीले गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको स्थापना कालदेखि अहिलेसम्म हरियो झण्डालाई साथ दिइरहेका सौरेनी समष्टि अन्तर्गत खर्बानी शाखाको रामे राई, लक्षे राईद्वय ८२ बर्षीय- (राम/लक्षुमण), दिलमाया राई, आशा राई, प्रेमकुमार प्रधान, नन्दकुमारी प्रघान सबै ७५- ७६ बर्षका अग्रजहरुसँग भेटघाट गर्यो। यसका साथै टोलीले उनीहरुलाई श्रद्धामाला पहिराएर स्वागत सम्मान जनायो। भेटघाट क्रममा टोलीले अस्वस्थ अवस्थामा रहेका विरामी रामे राई अनि प्रेमकुमार प्रधानको स्वास्थ्य सम्बन्धी जानकारी लियो भने वर्तमान केन्द्रिय अध्यक्षको पहलहरु बारेमा उनीहरुलाई अवगत गरायो। यसैगरी श्री राई र श्री प्रधानले गोर्खा राष्ट्रिय मुक्ति मोर्चा संस्थापक अध्यक्ष स्वर्गीय सुवास घिसिङसँग बिताएका सम्झनाहरु आलो गराए अनि आफ्नो अन्तिम श्वास प्रश्वास चलिञ्जेल सदैव गोरामुमोलाई साथ दिने ‘८० को बचन पुनः दोहराए। यसरी सबै शाखा, समष्टि, ब्रान्चको सबैलाई इमान्दार अनि अनुशासित भएर वर्तमान केन्द्रिय अध्यक्ष मन घिसिङलाई साथ दिने अपिल गर्दै एकचोटी केन्द्रिय अध्यक्षलाई खर्बानी ल्याई दिने अनुरोध गरेर पार्टीको स्मृति स्वरुप केहि बर्ष अघिको फोटो देखाए। आजको भेटघाटको क्रममा ब्रान्च अध्यक्ष महेन्द्र खड्का, मिरिक समष्टि अध्यक्ष प्रसित राई, ब्रान्च कार्यालय सचिव सहदेव रणपहेंली, पूर्व सैनिक संगठन केन्द्रिय उपाध्यक्ष समिर तामाङ र खर्बानी शाखा अध्यक्ष दिपक गजमेरको उपस्थिति रहेको ब्रान्च कार्यालय सचिव सहदेव रणपहेंलीले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ