Gitdoubling Pochok resident Prenisha
Gitdoubling Pochok resident Prenisha

गितडब्लिङ पोचोक निवासी प्रेनिशाको गौरवपूर्ण उपलब्धि

Share this news

गितडब्लिङ पोचोक निवासी प्रेनिशा ठकुरीले उत्तरपूर्व एन.एस.एस. महोत्सव-2025 अन्तर्गत प्रस्तुतिकरण बिधामा पहिलो स्थान प्राप्त गरेकी छिन्। पूर्वोत्तर भारतका आठवटा राज्यको प्रतियोगिहरुलाई उछिन्दै प्रेनिशाले यो उपलब्धि प्राप्त गरेकी हुन्।
सिक्किमको संस्कृति, विविधता, र राज्यको जनसांख्यिकी” विषयमा प्रतिस्पर्धा गर्दै, प्रेनिशाले सिक्किम राज्यलाई प्रतिनिधत्व गरेकी थिइन्।
सिक्किमको महादेवी स्किल्स विश्वविद्यालय (MSU) दोस्रो वर्षकी बि-टेक कम्प्युटर विज्ञान र इन्जिनियरिङकी विद्यार्थी प्रेनिशा ठकुरीले उत्तर पूर्व NSS महोत्सव 2025 मा प्रस्तुतीकरण प्रतियोगितामा पहिलो स्थान हासिल गरेकी हुन्।
यो कार्यक्रम भारत सरकारको NSS गुवाहाटी क्षेत्रीय निर्देशनालय, युवा मामिला तथा खेलकुद मन्त्रालयले सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभाग, NSS सेलसँगको सहकार्यमा आयोजना गरेको थियो। आठ पूर्वोत्तर राज्यका सहभागीहरू सीप र सांस्कृतिक ज्ञानको प्रतिष्ठित मञ्चमा प्रतिस्पर्धा गर्न गान्तोकको मनन केन्द्रमा भेला भएका थिए। प्रतिभाशाली प्रेनिशा ठकुरी गितडब्लिङको मिडल पोचोक निवासी आमा यशोदा ठकुरी तथा बुवा दुर्गा ठकुरीकी कान्छी छोरी हुन्। प्रेनिशाले स्थानीय पोचोक प्राथमिक पाठशालाबाट शैक्षिक यात्रा सुुरू गरी यहाँको सन्त जोसेफ विद्यालयमा अध्ययन गरेकी हुन्। उनको यो उपलब्धिमा क्षेत्रवासीले प्रेनिशालाई वधाइ दिएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ