Gurung convention Nepal
Gurung convention Nepal

घोन्डे, घोताने गुरुङ कुल वंश समाज, नेपालको तेस्रो अधिवेशन सम्पन्न

Share this news

पुर्खा पुरन अदौ क्वोने (घोन्डे, घोताने) गुरुङ (तमु) कुल वंश समाज, नेपालको तेस्रो अधिवेशन शनिबार आयोजन गरिएको थियो। छिमेकी मुलुक नेपालको कोशी प्रदेश, झापा जिल्लाको दमक नगरपालिका स्थित कन्काई रिसोर्ट एण्ड पार्टी प्यालेसको सभा भवनमा उक्त समाजको तेस्रो अधिवेशन आयोजन गरिएको थियो। अदौ क्वोने (घोन्डे , घोताने) समाजका अध्यक्ष भीम बहादुर गुरुङको अध्यक्षतामा सआयोजित कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद झापा जिल्लाका अध्यक्ष जगत गुरुङको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा क्वोने (घोण्डे, घोताने) समाज झापाका अध्यक्ष कुमार गुरुङ, भारत, पश्चिम बङ्गाल गुरुङ एसोसिएसनका फाउन्डर प्रेसिडेन्ट दिलीप गुरुङ, अदौ (घोण्डे ,घोताने) गुरुङ चेली समाजसेवी ध्रुव देवी गुरुङ, सिक्किम राज्यका क्षेत्रीय संयोजक किशोर गुरुङ, कालेम्पोङ क्षेत्रीय संयोजक केशर कुमार गुरुङ, लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा भिम बहादुर गुरुङको संयोजकत्वमा २५ सदस्यीय केन्द्रीय समिति चयन गरिएको छ। त्यस्तै समितिको उपाध्यक्षमा निमेश गुरुङ र दल बहादुर गुरुङ, सचिवमा रुकम गुरुङ, सहसचिव नरेश गुरुङ, कोषाध्यक्षमा ध्रुव कुमारी गुरुङलाई चयन गरिएको छ। त्यस्तै सदस्यहरुमा मन कुमार गुरुङ, अक्कल (अरुण) बहादुर गुरुङ, रण बहादुर गुरुङ, पिताम्बर गुरुङ, चन्द्र बहादुर गुरुङ, सूर्य कुमार गुरुङ, सन कुमार गुरुङ, राजेन्द्र गुरुङ, विक्रम गुरुङ, मन कृष्ण गुरुङ, प्रेम कुमार गुरुङ, किशोर गुरुङ, केशर कुमार गुरुङ, सजिव गुरुङ, ध्रुव गुरुङ, लाल बहादुर गुरुङ, प्रदिप गुरुङ, अम्बर गुरुङ, गुरुड र याम बहादुर गुरुङ रहनु भएको छ।

त्यस्तै सल्लाहकार समितिको संयोजकमा मोहन गुरुङ, सदस्यहरुमा तारामाया गुरुङ, शिव शंकर गुरुङ, तारा कुमार गुरुङ, फौद बहादुर गुरुङ, कुमारी गुरुङ, बलराम गुरुङ, छत्र बहादुर गुरुङ, ध्रुव देवी गुरुङ, नर ध्वोज गुरुङ अनि बखत गुरुङ रहनु भएको छ। समाजको क्षेत्रगत र जिल्लागत संयोजकमा लाल बहादुर गुरुङ, रण बहादुर गुरुङ, दल बहादुर गुरुङ, पिताम्बर गुरुङ, मन कृष्ण गुरुङ, राजेन्द्र गुरुङ, युवराज गुरुङ, विक्रम गुरुङ, निमेश गुरुङ, केशर कुमार गुरुङ, किशोर गुरुङ, संजीव गुरुङ चयन गरिएको छ।समाजको नव निर्वाचित कार्यसमितिको कार्यकाल ३ बर्ष रहने र प्रत्येक वर्ष थप परिवारका विवरणहरु समावेश र संशोधन गर्दै पुस्तक प्रकाशित गर्ने जनाएको छ।
त्यस्तै पुर्खा पुरन गुरुङसंग नजोडिएका परिवारको विवरणहरुलाई खोज र अनुसन्धान गर्दै निकट भविष्यमा जोडिदै लगिने समाजले जनाइएको छ। त्यस्तै कार्यक्रममा पुर्खा पुरन गुरुङ अन्तर्गतका जेष्ठ आमाबुवालाई श्रद्धा र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

त्यस्तै कार्यक्रममा समाजले आफ्नो तेस्रो वंशावली पुस्तक विमोचन गरेको छ। पहिलो र दोस्रो चरणमा प्रकाशित भएका वंशावली विवरणहरू संशोधन गर्दै, थप परिवारका विवरणहरूलाई समावेश गरिएको छ। प्रकाशित वंशावली पुस्तकमा पुर्खा पुरन गुरुङ अन्तर्गतका सन्तानहरुको बसाइँसराइ, ऐतिहासिक पृष्ठ भूमि लगाएतका विषयमा आधारित दस्तावेज राखिएको छ। पुर्खा पुरन गुरुङ अन्तर्गतका चार छोराहरु धनजीत, प्रताप, तिलचन र धनराजका सन्तानहरुको परिवारिक विवरण राखिएको छ। समाजका उपाध्यक्ष दल बहादुर गुरुङले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन सचिव रुकम गुरुङले गर्नुभएको जानकारी प्रशन्सा गुरूङले दिनुभएको छ।। पुर्खा पुरन अदौ क्वोने (घोण्डे, घोताने) गुरुङ (तमु) कुल वंश समाज, नेपाल द्वारातयार गरिएको यो वंशावली पुस्तक तेस्रो यस संस्करणमा विगतका सामग्रीहरू अद्यावधिक गर्दै, थप शाखाहरूको विवरण समावेश गर्दै प्राप्त अभिलेखहरूलाई व्यवस्थित गर्ने प्रयास गरिएको छ। विगत एक दशकभन्दा लामो समयदेखि क्वोने, घोण्डे, घोताने समाज केन्द्रीय समिति द्वारा बर्ष दिन लामो स्थलगत खोज तथा अनुसन्धान गरी प्रारम्भिक विवरणका आधारमा हाम्रा अग्रज, सदस्य तथा विभिन्न स्थानमा वसोवास गर्नुहुने आमाबुवा, दाजुभाइ दिदीबहिनीहरूको सहयोग, सुझाव र उपलब्ध जानकारीको आधारमा यो कार्य सम्भव भएको हो।

सोही आधारलाई पुनः खोज, अध्ययन, अनुसन्धान र अद्यावधिक गर्दै यस नमुना वंशावली पुस्तक तयार गरिएको हो। यस पुस्तक तयार गर्ने क्रममा अत्यन्त सावधानीअपनाइएको भए पनि संकलन, सम्पादन वा मुद्रण प्रक्रियामा कतै-कतै त्रुटि, शब्द-शुद्धतासम्बन्धी कमजोरी वा अपूर्णता रहन सक्ने सम्भावना रहन्छ। यस्ता त्रुटिहरू भविष्यमुखी सुधारका अवसरका रूपमा ग्रहण गरी आगामी संस्करणमा आवश्यक संशोधन एवं परिमार्जन गरिनेछ भन्ने प्रतिवद्धता व्यक्त गरिएको छ। पुस्तकप्रति पाठक तथा समाजका सदस्यहरूले प्रदान गर्ने सुझाव तथा मार्गदर्शनलाई हार्दिक स्वागत गरिने बताइएको छ। यस वंशावली पुस्तक मार्फत वंशका सदस्यहरूलाई अफ्नो मूल, पहिचान, पुर्खाको इतिहास तथा पारिवारिक सम्बन्ध र पुस्ताबारे अझ स्पष्ट जानकारी दिन मदत गर्नेछभन्ने विश्वासका साथ, यस कार्यमा सहयोग पुऱ्याउनु हुने सम्पूर्ण अग्रज, परिवार प्रतिनिधि, अनुसन्धान सहयोगी तथा समाजका पदाधिकारी, सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गरिएको छ।

मानव समाजको इतिहास केवल घटनाहरूको विवरण मात्र होइन। वो पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको स्मृति, संस्कार, मूल्य र पहिचानको निरन्तरता हो। कुनै पनि वंश वा समुदायको वास्तविक पहिचान पुखांहरूको जीवनशैली, योगदान, संघर्ष तथा सांस्कृतिक सम्पदामा प्रतिविम्बित हुन्छ । यिनै ऐतिहासिक मूल्यलाई सुरक्षित राख्दै भावी पुस्तासम्म पुऱ्याउने उद्देश्यले पुत्रों पुरन अदी क्वोने (घोण्डे, घोताने) गुरुङ (तमु) कुल वंश समाज, नेपाल द्वारा यस वंशावली पुस्तक प्रकाशन गरिएको हो।

घोन्डेका पुर्वाहरूले कठिन भौगोलिक, सामाजिक वा आर्थिक परिस्थितिहरूका बीच पनि आभनो मौलिक संस्कृति, परम्परा, सामाजिक मूल्य-मान्यता र सामुदायिक एकतालाई जोगाउँदै आज पनि निरन्तरता दिव भएको छ । ती अमूल्य धरोहरहरूलाई व्यवस्थित रूपमा अभिलेखीकरण गरी भविष्यका पुस्तालाई आस्चो मूल, पहिचान र इतिहासप्रति सचेत गराउनु आजको आवश्यकता तथा दायित्व दुबै हो। यही मूल भावना-लाई केन्द्रमा राखी क्वोने (घोण्डे, घोताने) अदौ उपखलकसँग सम्बन्धित विभिन्न परिवारहरुको वशक्रम, पुखांहरूको जीवनपद्धति, बसोबासको इतिहास र सामुदायिक योगदानलाई समेट्‌दै यो वंशावली पुस्तक तथार गरिएको छ। यस अघि पनि पुर्खा पुरन गुरुङ अदी क्वोने (घोण्डे, घोताने) अन्तर्गतका केही शाखाइएको पहिलो तथा दोस्रो संस्करण प्रकाशित भइसकेको सन्दर्भमा, यस संस्करणमा थप अद्यावधिक, विस्तृत तथा प्रमाणिक विवरण समेट्दै यसलाई तेन्नो संस्करणको रूपमा प्रस्तुत गरिएको छ वंशावली संकलन र प्रकाशन सरल कार्य होइन ।

समयक्रमसँगै मौखिक परम्परा हराउँदै जानु, पुरावा अभिलेखको अभाव, प्राप्त विवरणको एकरूपता कायम गर्नु, तथा स्रोतहरूको सत्यता पुष्टि गर्नु जस्ता चुनौती-इस निरन्तर देखापर्दछन् । यस्ता कठिनाइहरूका बीच उपलब्ध स्रोत, अग्रजहरूको मार्गदर्शन, पारिवारिक अभिलेख तथा समुदायको स्मृतिका आधारमा यथासम्भव प्रामाणिकता र स्पष्टता कायल गर्ने प्रयासमा बस पुस्तकले भूमिका रहेको छ । यस पुस्तक प्रकाशन प्रक्रियामा प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग पु-याउनु हुने सम्पूर्ण अग्रज व्यक्तित्वहरू, समाजका अगुवा, अनुसन्धान सहयोगी, परिवार-परिवारका प्रतिनिधि तथा वज्ञ समाजका पदाधिकारी-सदस्यहरूप्रति सम्पादकीय मण्डल हार्दिक आभार प्रकट गर्दछ । यस पुस्तकले पुर्षों पुरन अड़ी क्वोने (घोण्डे, घोताने) गुरुङ (तमु) कुल वंश बीचको आत्मीयता, आपसी सम्बन्ध, सांस्कृतिक चेतवा र पहिचानको एकतालाई अझ बलियो बनाउनेछ भन्ने विश्वासका साथ, ग्रस्ता ऐतिहासिक तथा सास्कृतिक अभिलेख संरक्षणका अभियानहरू निरन्तर जारी रहन् भन्ने हार्दिक शुभेच्छा व्यक्त गरिएको छ।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ