घैयाबारी नगद राखि फुटबल टुर्नामेन्टको क्वर्टर फाइनलमा सिविटार एफसी

Share this news

तीनधारे, (निसं) : घैयाबारी स्पोर्टस्‌‍ वेलफेयर एसोसिएसनको आयोजनामा घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको चौथो दिनको खेलमा सिविटार एफसीले फूलबारी स्पोर्टिङ्ग क्लबलाई 2-0 को अन्तरले जितेर क्वाटर फाइनलमा प्रवेश गरेको छ।

गत 3 जनवरीदेखि घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको चौथो दिन सिविटार एफसी र फुलबारी स्पोर्टिङ्ग क्लबमाझ खेल सम्पन्न भएको छ। यस खेलको शुरुदेखि नै सिविटारले एकतर्फी खेल प्रदर्शन गर्दै अधिक बल विपक्षी दलको गोल पोष्टमा लगेका थिए। यस खेलको पहिलो हाफमा सिविटारको तर्फबाट जर्सी नम्बर 17 अनिकेत तामाङले गोल गरेर बढत बनाएका थिए। त्यसको लगत्तै सिविटारको तर्फबाट जर्सी नम्बर 6 ले अर्को गोल गरेर गोल 2-0 ले बढत बनाएका थिए। दोस्रो हाफको खेलमा फूलबारी स्पोर्टिङ्ग क्लबले गोल गर्ने प्रयास गरे पनि कुनै गोल नभएपछि सिविटारले यो म्याच 2-0 को अन्तरले जितेर क्वाटर फाइनलमा प्रवेश गरेको छ। यस म्याचमा फूलबारी स्पोर्टिङ्ग क्लबको गोल किपर कुनाललाई म्यान अफ्‌‍ द म्याच चयन गरिएको छ। यस म्याचमा अतिथिको रुपमा घैयाबारी क्षेत्रका 6 वटा समाजका सभापति सचिवहरु उपस्थित रहेका थिए।

शनिवार हुने म्याच पन्थाबारी एससी बागडोगरा र घैयाबारी एफसीमाझ सम्पन्न हुने भएको छ। घैयाबारी स्पोर्टस्‌‍ वेलफेयर एसोसिएसनको आयोजनामा यसपाली दोस्रो संस्करणको नगदराशि फुटबल टुर्नामेन्ट भईरहेको छ। यस टुर्नामेन्टमा जम्मा 16 वटा टिमहरुले सहभागिता जनाएका छन्‌‍ अनि यस फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी 1 फरवरीको दिन हुने भएको छ। यस नगदराशि फुटबल टुर्नामेन्टको विजेतालाई आकर्षक ट्रफिको साथमा डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीसहित एक लाख रुपियाँ प्रदान गरिने भएको घैयाबारी स्पोर्टस्‌‍ वेलफेयर एसोसिएसनको सल्लाहकार दावा वाङ्दी लामाले जानकारी गराएका छन्‌‍। उनले बताए अनुसार यस चौथो दिनको खेलको समयमा घैयाबारी स्पोर्टस्‌‍? वेलफेयर एसोसिएसनको नयाँ सदस्य सदस्याहरुलाई स्वागत जनाउने कार्यक्रम पनि सम्पन्न भएको छ।

Share this news
आजको रोजाइ
लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

आजको रोजाइ