GJM Political Meeting Mirik
GJM Political Meeting Mirik

मिरिक न.पा. वार्ड नम्बर तीनमा गाेर्खा जनमुक्ति माेर्चाकाे शाखा गठन

Share this news

गाेर्खा जनमुक्ति माेर्चाले मिरिक नगरपालिका वार्ड नम्बर तीनमा पूर्व नगर पार्षद पाल्साङ तामाङकाे अध्यक्षता अनि धनकुमार मंग्रातीकाे नेतृत्वमा एउटा सभा गरेर गाेजमुमाे प्यारेन्स बडी अनि नारी माेर्चा शाखा गठन गरेकाे छ। उक्त दिन गठन गरिएकाेगाेजमुमाे प्यारेन्स बडी शाखा कमिटिमा अध्यक्ष बिरेन प्रधान, सचिव धनकुमार मंग्रातलाई चयन गरिएकाे छ। साेही प्रकारले वार्ड नम्बर तीन नारी माेर्चा शाखा कमिटिमा अध्यक्ष श्रीमती शाेभा मंग्राती अनि सचिव श्रीमती रेणु प्रधानलाई चयन गरियाे। यस अवसरमा नारी माेर्चा केन्द्रीय साँगठनिक सचिव श्रीमती ललिता छेत्री, टाउन कमिटि अध्यक्ष श्रीमती बबिता प्रधान, सचिव मुन्ना घले,सह सचिव मीरा याेन्जन,नमिता तामाङ, हेमु गुरूङ आदि उपस्थित थिए।

त्यसअघि सोम सिङताम ग्राम पञ्चायतका निर्वाचित पञ्चायत समिति सदस्य श्रीमति ज्योति तामाङले आज गोर्खा जनमुक्ति मोर्चाको केन्द्रिय पार्टी कार्यालय सिहमारीमा मोर्चा अध्यक्ष श्रीमान बिमल गुरुङ संग भेटघाट गरि फेरि पनि आफ्नो पुरानो राजनैतिक दल गोर्खा जनमुक्ति मोर्चामा नै घरवापसी गरेका छन् ।

गुरूङ बस्ति निवासी ग्राम पञ्चायत समिति सदस्य ज्योति तामाङको घरवापसीले फेरि उक्त क्षेत्रको गोर्खा जनमुक्ति मोर्चा परिवारमा नयाँ उर्जा छाएको छ। यसरी नै गोर्खा जनमुक्ति मोर्चा सोम टकभर समष्टि अध्यक्ष श्री आलोक राई तथा युवा मोर्चा समष्टि अध्यक्ष श्री विजय मंगरको सशक्त नेतृत्वमा सिङला डिभिजनका विभिन्न पार्टीका दर्जनौं युवाहरूले आज गोर्खा जनमुक्ति मोर्चा तथा अध्यक्ष श्री बिमल गुरुङको नेतृत्वप्रति आस्था राख्दै पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन्।

युवाहरूको यस ऐतिहासिक समर्थनले सिङला क्षेत्रमा गोजमुमोको जनाधार अझ बलियो बन्दै गएको स्पष्ट देखिएको छ। गोर्खाल्याण्डको आन्दोलन, पहाडको अधिकार र जनताको सम्मानको निम्ति युवाशक्ति अब गोजमुमोसँग एकजुट हुँदै अघि बढिरहेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ