गाड़ीधुरामा कविता वाचन प्रतियोगिताको छनोट राउण्ड

Share this news

पंखाबारी, (निसं): आगामी 25 अगस्त बलिदान दिवसलाई लक्ष्य गरेर गाड़ीधुरा नवदीप परिवारले आयोजना गरेको “म कवि“ शब्दको द्वन्द्व नेपाली कविता वाचन प्रतियोगिताको पहिलो छनोट राउण्ड शनिवार सम्पन्न भयो। यस छनोट राउण्डमा मोठ सोह्र जना प्रतियोगीहरूले भाग लिएका थिए। गाड़ीधुरा सार्वजनिक भवनमा सम्पन्न छनोट राउण्डको सञ्चालन अनुप रामुदामुले गरेका थिए भने यस राउण्डको निर्णायकहरूमा साहित्यकार सुदर्शन अम्बटे अनि पत्रकार एवम्‌‍ साहित्यकार सुवास छेत्री “भावुक“ थिए। प्रथम चरणको यस छनोट राउण्डबाट मोठ 6 जना प्रतियोगीहरू छनोट भएका छन्‌‍। जसमा पंखाबारी उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरू ममता सुब्बा, प्रेरणा दियाली अनि अक्षता पाख्रीन, दुधेकी मान्ती सुनार ,लङ्भ्यूकी इच्छा घतानी अनि पानीघट्टा उच्चतर माध्यमिक विद्यालयकी प्रार्थना यादव छन्‌‍। अब यी 6 जना प्रतियोगीहरूले आगामी 25 अगस्त बलिदान दिवसको दिन यहाँ आयोजित एक विशेष कार्यक्रममा आफ्नो प्रस्तुति दिनेछन्‌‍ भने तिनीहरूमध्ये तीनजना प्रतियोगीहरूलाई प्रथम, दोस्रो अनि तेस्रो पुरस्कार प्रदान गरिनेछ। प्रथमपल्ट गाडीधुरा नवदीप परिवारको आयोजनामा सम्पन्न भइरहेको यस प्रकारको कार्यक्रमले परिवारको थप गरिमा र महत्व बढेर गएको अनुभव स्थानीयहरूले गरिरहेका छन्‌‍। उक्त दिन यहाँ बलिदान दिवसको कार्यक्रमसँगै सम्मानको कार्यक्रम पनि रहेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ