Garibash's promising son Avinash Darnal
Garibash's promising son Avinash Darnal

गैरीबासका होनहार छोरो अविनाश दर्नालले पुरा गरे विद्यावारिधि

Share this news

राजनीतिक सिद्धान्त तथा विचार (Political Theory and Thought) लाई अध्ययन क्षेत्रका रूपमा रोजी विद्यावारिधि (PhD) उपाधि हासिल गर्न सफल भएका अविनाश दर्नाललाई हार्दिक बधाई तथा शुभकामना दिइएको छ।
बाबा किसन दर्नाल र आमा रमिता दर्नालको कोखबाट जन्मिएका अविनाश दर्नालको यस गौरवपूर्ण उपलब्धिले सम्पूर्ण गाउँवासीमा हर्ष र गर्वको अनुभूति गराएको छ। सिन्कोना बगानमा जन्मिएका अविनाशले हासिल गरेको यस सफलताले सम्पूर्ण सिन्कोनावासीको छाती अझ चौडा बनाएको छ।
“India’s Social Contour and Counter-Hegemonic Traditions” शीर्षकमा आफ्नो विद्यावारिधि शोधकार्य सम्पन्न गरिसकेका डा. अविनाश दर्नाल आज समाजका लागि एक प्रेरणादायी उदाहरणका रूपमा स्थापित भइसकेका छन्। भारतको सामाजिक संरचना तथा प्रतिवादात्मक (Counter-Hegemonic) परम्पराहरूको गहिरो अध्ययनमार्फत समकालीन भारतीय समाजमा विद्यमान वैकल्पिक विचारधारा र प्रतिरोधका विविध रूपहरूलाई उनको शोधकार्यले प्रभावकारी रूपमा उजागर गरेको छ।
वर्तमान समयमा डा. अविनाश दर्नाल राजनीतिक विज्ञानको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याइरहेका एक प्रतिभाशाली शिक्षक तथा अनुसन्धानकर्ताका रूपमा परिचित छन्। गैरिबास उच्च माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरेका उनले सन् २०१३ मा सिलगढी कलेजबाट राजनीतिक विज्ञानमा स्नातक तह पूरा गरे। त्यसपछि सन् २०१५ मा उत्तर बंगाल विश्वविद्यालयबाट राजनीतिक विज्ञानमा स्नातकोत्तर उपाधि हासिल गरे।
सन् २०१८ मा उनले उत्तर बंगाल विश्वविद्यालय, राजनीति विज्ञान विभागबाट
“Cinchona Plantation and Socio-economic Condition of the Workers: A Study of the Rongo Cinchona Plantation in the Darjeeling District of West Bengal”
शीर्षकमा एम.फिल. अध्ययन सम्पन्न गरेका थिए। उक्त शोधकार्यमा दार्जीलिङ जिल्लाको रोंगो सिन्कोना बगानमा कार्यरत श्रमिकहरूको सामाजिक–आर्थिक अवस्थाको गहिरो विश्लेषण गर्दै पुस्तौंदेखि बगानमा काम गर्दै आएका श्रमिकहरूको जीवन, संघर्ष र चुनौतीहरूलाई उजागर गरिएको छ।
अध्ययन र अनुसन्धानमा निरन्तर समर्पित डा. अविनाश दर्नालले UGC-NET परीक्षा डिसेम्बर २०१५ र जुलाई २०१६ मा सफलतापूर्वक उत्तीर्ण गरेपछि सन् २०१८ मा पश्चिम बंगाल लोक सेवा आयोग (WBPSC) द्वारा आयोजित परीक्षा उत्तीर्ण गरी सहायक प्राध्यापक (Assistant Professor) का रूपमा नियुक्ति पाएका हुन्। प्रारम्भमा उनी कृष्णनगर सरकारी कलेज, नदिया जिल्लामा पदस्थापित थिए भने हाल ए.बी.एन. सिल कलेज, कुचबिहारमा कार्यरत छन्। उनको यस उल्लेखनीय शैक्षिक उपलब्धिका लागि गैरीबासका सम्पूर्ण वासिन्दाले हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनहरूमा अझ उच्च शिखर चुम्न सफल होऊन् भन्ने शुभकामना व्यक्त गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ