बिहान-बेलुका फोहोर-मैला उठइएको खण्डमा असल रहने नगरवासीको सुझाउ

Share this news

खरसाङ, (निसं): खरसाङ नगरपालिका क्षेत्रमा नगरवासीको घर-आँगनबाट फोहोर-मैला उठाउने कार्य भइरहेको छ। खरसाङ शहरी क्षेत्रमा आइतवार बाहेक प्रत्येक दिन नगरपालिका कर्मचारीहरू फोहोर-मैला उठाउन आउने गरेका छन्‌‍ भने नगरदेखि बाहिरका वार्डहरूमा हप्तामा तीन अथवा दुई पल्ट फोहोर-मैला उठाउनलाई कर्मचारीहरू आउने गरेका नगरवासीले बताएका छन्‌‍। नगरपालिका कर्मचारीहरू फोहोर-मैला उठाउनलाई अधिक बिहान आउने गरेकाले र अधिक बिहान उठ्न गाह्रो हुने भएको कतिपय नगरवासीको गुनासो छ। यसरी अधिक बिहान उठ्न गाह्रो भएकोले नगरवासीले आफ्नो घर वा दोकानबाट निस्किएको फोहोर-मैला अघिल्लो रात कुनै निर्दिष्ट स्थानमा राखिदिने गरेका छन्‌‍। नगरवासीले यसरी फोहोर-मैला विभिन्न स्थानमा राखिदिने गरेकाले रातिको समयमा खरसाङ शहर लगायत विभिन्न वार्डहरूमा फोहोर-मैलाको थुपारिएको देखिने गरिन्छ। बिहान नगरपालिका कर्मचारीहरूले उठाएर लैजाउन्‌‍ भनी राखिएको फोहोर-मैलामा भुस्याहा कुकुरहरूले खानेकुरो खोजर छरपस्ट पारिदिने गरेको पनि कतिपय समयमा देखिएको छ। रातिको समयमा कुकुरहरूले फोहोर-मैलामा खानेकुरो खोजेर छरपस्ट पारिदिने गरेकाले कतिपय मानिसहरूले अग्लो स्थानमा फोहोर-मैला राखिदिने गरेका छन्‌‍। बिहान नगरपालिका कर्मचारीहरू आएर लैजाउन्‌‍ भनी राखिएको फोहोर-मैला उठाउन कुनै कारणवश नगरपालिका कर्मचारी नआएको खण्डमा दिभरमा फोहोर-मैला छरिएर समस्या सृजना हुने गरेको पाइएको छ। यसैले कतिपय नगरवासीले फोहोर-मैला घर-आँगनबाट उठाउनको निम्ति बिहान अनि बेलुका दुई पल्ट नगरपालिका कर्मचारीहरू पालैसित खटाइएको खण्डमा असल रहने सुझाउ दिएका छन्‌‍। यसरी बिहान अनि बेलुका फोहोर-मैला उठाउन कर्मचारीहरू खटाइएको खण्डमा शहर अनि विभिन्न वार्डमा रातिको समयमा फोहोर-मैला राख्ने प्रथा हटेर जाने मानिसहरूको मत छ। तथापि कतिपय नगरपालिका कर्मचारीले बताए अनुसार अधिक बिहान फोहोर-मैला उठाइएको कारण शहरमा यान-वाहनको बाक्लो चलाचल शुरु हुन अघि नै फोहोर-मैलाको कार्य सिद्ध्याइको हो। बिहान 8 बजेदेखि शहरमा यान-वाहनको चलाचल बाक्लो रहने भएकोले फोहोर-मैला उठाउने काम गर्न सम्भव हुँदैन। फोहोर-मैला उठाएर बाहिर लैजानको निम्ति गाड़ीमा लोड गर्न पर्ने हुन्छ, यातायत बाक्लो भएपछि यसरी जहाँसुकै गाड़ी रोकेर राख्न सकिन्दैन। यसरी नै राति 8 बजेसम्म शहरमा यान-वाहनको चलाचल बाक्लो रहने भएकोले रातिको समयमा फोहोर-मैला उठाउन समस्या हुन सक्छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ