गड्डी लाईनको गल्लीमा मोटर बाइक-स्कुटी पार्किङ बन्द

Share this news

खरसाङ, (निसं): खरसाङको पार्कलोकेशनस्थित सुपर मार्केटदेखि गड्डी लाईन जाने गल्लीमा अबोप्रान्त दुईचक्के सवारहरूले आफ्नो मोटर बाइक-स्कुटी पार्किङ गर्न पाउनेछैनन्‌‍। यो गल्लीको प्रवेश स्थलमा फलामको गेट लगाइएको छ। यहाँ फलामको गेट लगाएको स्थानमा एकजना मानिस मात्र छिर्ने सकिने बनाइएको छ। स्थानीय मानिसहरूले यहाँ बुधवार राति उक्त फलामको गेट लगाइएको हुन सक्ने बताए। गेट लगाइएको बारेमा सोधखोज गर्दा छेउछाउका मानिसहरूले यो गेट कसले लगाएका हुन्‌‍ भन्ने कुरोमा आफूहरू अनभिज्ञ रहेको पनि बताए। गेट लगाएको अवस्थामा पनि बिहीवार सुपर मार्केटदेखि गड्डीलाइन जाने यस गल्लीमा दुईचक्को सवारहरूले आफ्नो मोटर बाइक-स्कुटी पार्किङ गरेको देखियो, तथापि सधैंको तुलनामा मोटर बाइक-स्कुटीको संख्या कम रहेको थियो।

कतिपय दुई चक्के सवारहरूले गेट लगाएको स्थानबाट आफ्नो मोटर बाइक-स्कुटी धेरै खप्ति गरेर निकालिरहेको पनि देखियो। स्मरण गराइन्छ, खरसाङ बजारमा मोटर बाइक-स्कुटी पार्किङ्को निम्ति पर्याप्त स्थान नभएकोले र शहरको सड़कहरूमा पार्किङ गरिएको खण्डमा पुलिसले चलान काटिदिने गरेकोले धेरै दुईचक्के सवारहरूले यस गल्लीमा आफ्नो मोटर बाइक-स्कुटी पार्किङ गरेर बजारमा काम गर्ने गरेका थिए। यस गल्लीमा दैनिक एक-डेढ़ सय जति मोटर बाइक-स्कुटी पार्किङ गरिएको देखिन्थ्यो। यस गल्लीमा आफ्नो मोटर बाइक-स्कुटी पार्किङ गरेपछि दुईचक्को सवारहरूले सजिलोसित आफ्नो काम सकेर फर्किने मौका पाइरहेका थिए।

अर्को तर्फ यो गल्लीमा गल्लीको दुवै तर्फ मोटर बाइक-स्कुटी पार्किङ गरिएकोले र कतिपय दुईचक्को सवारहरूले जताभावी आफ्नो मोटर बाइक-स्कुटी पार्किङ गरिदिने गरेकाले गल्लीमा हिँड़नलाई असुविधा भएरहेको पनि जनसाधरणको गुनासो थियो। खरसाङ बजारमा खरसाङ अस्पताल नजिक वर्द्धवान रोडमा, खरसाङ मुख्य डाकघर नजिक वर्द्धवान रोडमा, भारतीय स्टेट ब्याङ्क नजिक पङ्खाबारी रोडमा प्रशासनले पार्किङ्को निम्ति ठाउँ दिएको छ। वर्तमानमा खरसाङ्मा रहेका अथवा खरसाङ बजारमा आउने गरेका मोटर बाइक-स्कुटीहरूको संख्यालाई हेरेर यी स्थान पर्याप्त छैन। यसैले नोपार्किङ क्षेत्रमा मोटर बाइक-स्कुटी पार्किङ गरिएको खण्डमा पुलिसको चलान भेट्ने भयले दुई चक्के सवारहरू शहरको विभिन्न गल्लीहरूमा आफ्नो मोटर बाइक-स्कुटी पार्किङ गर्ने गर्छन्‌‍। सुपर मार्केटदेखि गड्डी लाईन जाने बाटोमा पनि यसरी मोटर बाइक-स्कुटी पार्किङ गरिने गरिएको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ