निःशुल्क आँखा जाँच शिविर सम्पन्न 

Share this news

रिम्बिक,23 जुलाई(निसं): रिम्बिक-लोधोमा समष्टिको लोधोमा ग्राम पञ्चायत-1 अन्तर्गत वार्ड नम्बर-3 स्थित बाँसबोटे  स्वास्थ्य केन्द्रद्वारा आज नि:शुल्क आँखा जाँच शिविर आयोजना गरियो। स्थानिय सार्वजनिक भवनमा आयोजना गरिएको उक्त शिविरमा पञ्चायत सदस्यहरुको सहयोग रहेको थियो। यस शिविरमा आँखा रोग विशेषज्ञहरु क्रमैले  डाक्टर जेजो पावल मार्टिन,डाक्टर सुमित रजक , डाक्टर  इन्द्रजीत शाउ अनि डाक्टर सृजना तामाङ लगायत अन्य स्वास्थ्य कर्मीहरु, आइ सि डि एस कर्मीहरु, आशाकर्मीहरु उपस्थित रहेर मानिसहरूको आँखा जाँच गरेका थिए।  शिविरमा स्थानीय मानिसहरू लगायत विद्यार्थीहरु गरेर दुई सय भन्दा अधिक मानिसहरूले आँखा जाँच गरेका थिए। आँखामा समस्या हुने मानिसहरूलाई निःशुल्क  रूपमा दवाई वितरण गरे भने चश्मा पनि उपलब्ध गराउने भएको डाक्टरहरुद्वारा जनाएका छन्, साथै बिरामीहरूलाई उचित परामर्श पनि दिइयो। बाँसबोटे क्षेत्रबाट उचित स्वास्थ्य जाँचको लागि अस्पताल दार्जीलिङ्ग तथा सिलिगुडी जानु पर्ने हुन्छ, जुन यस क्षेत्रबाट अतिनै टाढा पर्छ, जसको कारण क्षेत्रबासीले धेरै  समस्या भोग्न परिरहेको समय यसरी आँखा जाँच शिविर आयोजना गरिदिएकोमा बाँसबोटे स्वास्थ्य केन्द्रका स्वास्थ्य कर्मचरहरुप्रति पञ्चायत समिति अनि क्षेत्रबासीको पक्षबाट सदस्य नन्द कुमार लक्समले धन्यवाद दिएका छन्। यस शिविरमा क्षेत्रबासीले धेरै लाभ उठाउन सकेको पनि उनले जानकारी दिए।

Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान