Yangmakum Gram Panchayat development
Yangmakum Gram Panchayat development

समष्टि ४२मा तीन ग्रामीण सडकको शिलान्यास सम्पन्न: क्षेत्रवासी खुशी 

Share this news

४२ नम्बर समष्टि अन्तर्गत आज तीनवटा महत्वपूर्ण ग्रामीण सडक निर्माण योजनाको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि रुदेन सादा लेप्चा तथा विशिष्ट अतिथि सभासद हेमन्त राईको उपस्थितिमा शिलान्यास गरिएको हो।

यस अवसरमा याङमाकुम ग्राम पञ्चायत अन्तर्गत देवरालीदेखि चर्च हुँदै टी.के. बस्ती, टावर डाँडादेखि सानो माकुम बस्ती, होम डाँडा लोवर माकुमदेखि सालघारी कम्बलसम्मका सडक निर्माण कार्यको औपचारिक सुरुवात गरिएको छ।

कार्यक्रममा याङमाकुम पञ्चायत प्रधान नविन लामा, समथार ग्राम पञ्चायत प्रधान राजेन गुरुङ, पञ्चायत समिति सदस्य धनराज भुजेल तथा पञ्चायत समिति सदस्य एनबी तामाङ लगायत स्थानीय जनप्रतिनिधि र गाउँवासीको उपस्थिति रहेको थियो।

स्थानीयवासीका अनुसार सडक अभावका कारण बिरामी, विद्यार्थी तथा ज्येष्ठ नागरिकहरूलाई आवतजावतमा ठूलो समस्या भोग्नुपरेको थियो भने कृषकहरूले पनि आफ्नो उत्पादन बजारसम्म पुर्‍याउन कठिनाइ सामना गर्दै आएका थिए। अब सडक निर्माणसँगै यातायात सहज हुने, दैनिक जीवनमा सुविधा थपिने र ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

यसैबीच गाउँवासीहरूले यस्तो विकास कार्यलाई निरन्तरता दिन सक्ने नेतृत्व नै आफ्नो आवश्यकता भएको बताएका छन्। गाउँको समग्र विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै आगामी चुनावमा पनि रुदेन सादा लेप्चालाई नै पुनः विधायक बनाउनुपर्ने जनआकांक्षा रहेको स्थानीयको भनाइ छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ