धोतरिया बालासन गन्ती लाईनदेखि जुम्ला गाउँसम्म जाने सड़कको शिलान्यास

Share this news

सोनादा , (निसं): गोर्खाल्याण्ड क्षेत्राय प्रशासन र पश्चिम बंगाल राज्य ग्रामीण विभागको तर्फबाट रंगबुल धोतरिया रंगमुक समष्टिको धोतरिया बालासन गन्ति लाइनदेखि जुम्ला गाउँसम्मको गाड़ी कुद्ने सड़कको निर्माणको लागि शिलान्यास कार्य सम्पन्न गरिएको छ। उक्त रोड निर्माणको लागि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको डेपुटी चेयरम्यान एंव क्षेत्रीय सभासद राजेस चौहानको बाहुलीबाट शिलान्यास गरिएको छ। उक्त शिलान्यास कार्यक्रममा दार्जिलिङ जिल्ला स्कूल बोर्डको पूर्व चेयरम्यान बिजयकुमार राई, पञ्चायत समिति सदस्य जीवन प्रधान,धोतरिया कलेजभेल्ली ग्राम पञ्चायतको पञ्चायत प्रधान अनिता तामाङ राई, पञ्चायत सदस्यहरु हिम्मत प्रधान र भिम राई, विभागीय अधिकारीहरुको उपस्थितिमा शिलान्यास गरिएको छ।

यस शिलान्यास कार्यक्रमलाई दार्जिलिङ जिल्ला स्कूल बोर्डको पूर्व चेयरम्यान बिजयकुमार राई र जीटीएको डेपुटी चेयरम्यान एंव क्षेत्रीय सभासद राजेस चौहानले सम्बोधन गरेका थिए। यस कार्यक्रममा पञ्चायत प्रधान, उप प्रधान, पञ्चायत सदस्यहरु, समाजका प्रतिनिधिहरु, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पदाधिकारीहरु, नारी शक्ति, युवा शक्ति लगायत अन्य भातृ संगठनहरुका प्रतिनिधिहरु उपस्थित रहेका थिए।

यस क्षेत्रमा रोड निर्माण हुने भएपछि स्थानीयहरुले यस क्षेत्रमा धेरै पार्टी आयो गयो तर कसैले पनि रोड बनाई दिएन तर जीटीए प्रमुख अनित थापाको नेतृत्वमा क्षेत्रीय सभासद राजेस चौहानको पहलमा रोड बनिने भएकोमा खुशी व्यक्त गरेका छन्‌‍। यसको साथै गाउँवासीको सपना पूरा भएको भन्दै स्थानीयहरुले जीटीए प्रमुख अनित थापा र क्षेत्रीय सभासद राजेस चौहानलाई धन्यवाद दिएका छन्‌‍। यो सडक निर्माण कार्य सम्पन्न भएपछि धोतरिया बालासन गन्ति लाइनदेखि जुम्ला गाउँसम्मको यातायात सुविधाजनक हुने विश्वास गरिएको छ। यसले स्थानीय बासिन्दाहरूको दैनिक आवतजावत, आपतकालीन सेवा तथा विकासका अन्य गतिविधिहरूमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा वक्ताहरूले यस विकास योजनाले गाउँको समग्र प्रगतिमा नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरिएको छ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ